Techie IT
Thursday, June 11, 2026 | बुधबार, जेठ २७, २०८३
२०८३ जेठ २७, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रअदालतको आदेशपछि पुनः सुरु भयो न्यूरोडमा फुटपाथ विस्तारको काम

अदालतको आदेशपछि पुनः सुरु भयो न्यूरोडमा फुटपाथ विस्तारको काम


काठमाडौं । उच्च अदालत पाटनको आदेशपछि काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको फुटपाथ विस्तारको काम पुनः सुरु गरेको छ । अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुनः काम सुरु गरेको हो ।

महानगरले आज बिहानैदेखि न्यूरोडमा फुटपाथ विस्तारको काम अघि बढाउन सुरु गरेको हो । अहिले डोजर लगाएर सडकको दायाबायाँ भत्काउन सुरु गरिएको छ ।

तीन दिन अघि उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो।

उक्त आदेशसँगै महानगरले फुटपाथ विस्तारको काम सुरु गरेको हो । यसअघि महानगर न्यूरोडको सडकको पार्किङ खाली गराएर फुटपाथ बढाउने प्रकिया अगाडि बढाएको थियो । कालोपत्रे समेत काटेर काम सुरु गरिसकेको थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

Techie IT