Techie IT
Sunday, September 7, 2025 | आईतबार, भदौ २२, २०८२
२०८२ भदौ २२, आईतबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रप्रदीप पौडेल स्वास्थ्य र बद्री पाण्डे पर्यटनमन्त्री बन्दै

प्रदीप पौडेल स्वास्थ्य र बद्री पाण्डे पर्यटनमन्त्री बन्दै


काठमाडौं । नेपाली कांग्रेसको शेखर–गगन समूहबाट प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने भएका छन् ।

त्यस्तै सोही समूहबाट संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा सहमहामन्त्री बद्री पाण्डे जाने भएका छन् भने रामनाथ अधिकारी कृषिमन्त्री बन्नेछन् ।

त्यस्तै नेकपा एमालेबाट चार सांसदले मन्त्रीमा डेब्यु गर्ने भएका छन् । एमाले स्रोतका अनुसार सांसद विद्या भट्टराई, राजकुमार गुप्ता, देवेन्द्र दाहाल र मानवीर राई पहिलोपटक मन्त्री बन्न लागेका छन् ।

भट्टराईलाई शिक्षा, दाहाललाई भौतिक पूर्वाधार र राईलाई रक्षामन्त्री बनाउन लागिएको एमाले स्रोतले जनाएको छ । गुप्तालाई मन्त्री बनाउने टुंगो भए पनि मन्त्रालय नटुंगिएको बताइएको छ ।

त्यस्तै पार्टी उपाध्यक्षसमेत रहेका विष्णु पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री बन्नेछन् भने पृथ्वीसुब्बा गुरुङ सञ्चारमन्त्री बन्ने भएको छन् । त्यसैगरी बलराम अधिकारी भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बन्दैछन् ।

उनीहरुको आजै शपथ ग्रहण हुँदैछ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

किम जोन ऊन चढ्ने विशेष रेलका अनौठा विशेषता , रेलभित्रै…

काठमाडौं । सामान्यतया विश्वका नेताहरू विदेश भ्रमणका लागि विमान रोज्छन्, तर उत्तर कोरियाका शासक किम जोङ उन भने आफ्नै विशेष

कुन समयमा कति पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ?

काठमाडौं । पानी पिउनु स्वास्थ्यका लागि आवश्यक भए पनि गलत समय र तरिकाले पानी पिउँदा त्यसले नकारात्मक असर पार्न सक्छ।

सैन्य परेडमा सहभागी हुन ‘बुलेटप्रुफ’ रेल चढेर चीन पुगे किम…

काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उन चीनले आयोजना गर्ने सैन्य परेडमा सहभागी हुन आफ्नो विशेष रेलबाट चीन पुगेका

लेखजंगको नियतमाथि रास्वपा कार्यकर्ताकै शंका

विवादित रास्वपा उम्मेदवार लेखजंग थापाको नियतमाथि रास्वपाका नेता–कार्यकर्ताले नै शंका गरेका छन् । बहुपत्नीको आरोप खेपिरहेका थापाले पार्टीको बैठकमा उपस्थित

कस्मिक एकेडेमीका निर्देशक घिमिरे सम्मानित

काठमाडौं । कस्मिक एकेडेमीका निर्देशक लक्ष्मण घिमिरे सम्मानित भएका छन् । सार्क इन्टरप्रेनियर अफ दी इयरबाट निर्देशक घिमिरे सम्मनित भएका

नेपाल आइडलको फाइनल आज, कसले मार्ला बाजी ?

काठमाडौं । टिभी रियालिटी शो ‘नेपाल आइडल’को छैटौं सिजनले आज उपाधि विजेता पाउँदैछ । ५ जना फाइनलिस्ट उपाधिका लागि प्रतिस्पर्धा

Techie IT