Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रएफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी


काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला उद्यमशीलता विकास समितिको सदस्यमा नियुक्त भएकी छन्।

नियुक्तिपछि भण्डारीले आफूलाई जिम्मेवारी प्रदान गरेकोमा एफएनसीसीआईका अध्यक्ष अञ्जन श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, वस्तुगततर्फका उपाध्यक्ष नरेशलाल श्रेष्ठ तथा एफएनसीसीआईकी कार्यकारिणी सदस्य एवं महिला उद्यमशीलता विकास समितिकी सभापति सुनिता न्यौपानेप्रति आभार व्यक्त गरेकी छन्। उनले भनिन्, ‘मप्रति देखाउनुभएको विश्वास र भरोसाका लागि सम्पूर्ण नेतृत्वप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।’

नाट्टाको महासचिवका रूपमा पर्यटन क्षेत्रको संस्थागत विकास, नीति संवाद तथा व्यवसायीहरूको हितमा सक्रिय रहँदै आएकी भण्डारीले नयाँ जिम्मेवारीमार्फत महिला नेतृत्वमा सञ्चालित उद्यमहरूको प्रवर्द्धन, महिला उद्यमीहरूको क्षमता अभिवृद्धि तथा उद्यमशीलताको वातावरण सुदृढ बनाउन योगदान दिने प्रतिबद्धता व्यक्त गरेकी छन्।

उनले समितिका अन्य सदस्यहरूसँग सहकार्य गर्दै महिला उद्यमलाई थप प्रतिस्पर्धी, दिगो र प्रभावकारी बनाउने तथा नेपालको आर्थिक विकासमा अर्थपूर्ण योगदान पुर्याउने विश्वाससमेत व्यक्त गरेकी छन्।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

Techie IT