Techie IT
Sunday, July 26, 2026 | आईतबार, साउन १०, २०८३
२०८३ साउन १०, आईतबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रमेलबर्नमा शब्द, स्वर र संवेदनाको संगम — ‘क्यानभास १ : जेनन नेपाल साँझ

मेलबर्नमा शब्द, स्वर र संवेदनाको संगम — ‘क्यानभास १ : जेनन नेपाल साँझ


मेलबर्न । मेलबर्नको शान्त साँझ, द सोभेरियन रिसेप्सनको हलमा झुल्किएको मधुर प्रकाश, अनि बिस्तारै भरिँदै गएको नेपाली मनहरूको भीड—त्यही परिवेशमा ‘क्यानभास १ : जेनन नेपाल साँझ’ केवल एउटा कार्यक्रम रहेन, एउटा अनुभूति बन्यो। ग्लेनरोय डाउनटाउन प्रोडक्सनको आयोजनामा सम्पन्न उक्त साँझले शब्द, संगीत र संवेदनालाई एउटै धागोमा गाँसेर उपस्थित दर्शकलाई गहिरो आत्मिक यात्रामा डोर्यायो।

मञ्चमा उभिएका सर्जक जेनन नेपालले जब आफ्ना कविताका पङ्क्तिहरू उचार्न थाले, हलमा एक किसिमको मौनता फैलियो—जुन मौनता शब्द सुन्ने मात्र होइन, अनुभूति गर्ने खालको थियो। १२ नेपाली कविता र ५ हिन्दी ग़ज़लमार्फत उनले केवल रचना सुनाएनन्, जीवनका जटिल प्रश्नहरूलाई शान्त तर गहिरो तरिकाले स्पर्श गरे।

उनको कवितामा एउटा सशक्त पङ्क्ति यसरी गुञ्जियो—

गोलो गोलो अण्डा
पुलिसको डन्डा
हनुमानको पुच्छर
स्वर्ग जाने बाटो
“क”
सुरुवात मै
मृत्यु पढेर
मर्नुलाई स्वर्ग को भ्रम बाँचेर
यति बिघ्न जान्ने भइसकेपछि
मर्नुकै डर पालेर त के बाँच्नु?”

यी शब्दहरूले हलभित्र उपस्थित प्रत्येक मनलाई आफ्नै अस्तित्वसँग संवाद गर्न बाध्य बनायो। जीवन, मृत्यु र बाँच्ने अर्थमाथि उठाइएको प्रश्नले साँझलाई केवल साहित्यिक नभई दार्शनिक गहिराइसमेत दियो।

कार्यक्रमको अर्को आयाम बने संगीत। सुवास तिमल्सिनाको सुमधुर स्वर, सौगात लामा र जोयल खातीको वाद्यवादनले शास्त्रीय नेपाली तथा हिन्दी संगीतलाई जीवन्त बनाए। कविता र संगीतको यो संगमले वातावरणलाई अझै सजीव, अझै स्पर्शनीय बनायो—जसले दर्शकलाई समयको सीमाबाट केही बेर टाढा लग्यो।

कार्यक्रमका मुख्य प्रायोजक ग्र्याम्पियन्स कलेज रहेका थिए भने केयर कम्प्याटिबल, जाम नेपाली बजार, सल्भ एजुकेसन र यात्रा द कनेक्शन सहप्रायोजकका रूपमा उभिएका थिए। उनीहरूको साथले यस्ता सांस्कृतिक प्रयासलाई बल प्रदान गरेको आयोजकले जनाएको छ।

मन्तव्यका क्रममा भिक्टोरियाका लागि नेपालको महावाणिज्यदूत निराजन गौलीले यस्ता कार्यक्रमले नेपाली भाषा र संस्कृतिको जगेर्नामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। गैर आवासीय नेपाली संघ (एनआरएनए) भिक्टोरिया राज्य संयोजक महादेव धानुकले पनि यसले नेपाली वाङ्मयको संरक्षण र पुस्तान्तरणमा विशेष भूमिका खेलेको उल्लेख गरे।

ग्र्याम्पियन्स कलेजका प्रमुख कार्यकारी अधिकृत वासु मरहट्टाले जेनन नेपालको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै उनको सिर्जनशील यात्रालाई प्रेरणादायी बताए।

ग्लेनरोय डाउनटाउन प्रोडक्सनकी संस्थापक शर्मीला दुलालले ‘क्यानभास’ श्रृंखलाको उद्देश्य नेपाली मौलिक वाङ्मयलाई डायस्पोरासँग जोड्ने सेतु बनाउनु रहेको स्पष्ट पारिन्। उनका अनुसार, विदेशमा बसेर पनि आफ्नोपनको जरा जोगाइराख्ने यो एउटा सशक्त प्रयास हो।

यसै क्रममा अर्का संस्थापक थानेश्वर भट्टले ‘क्यानभास’को आगामी श्रृंखलामा कवि तथा गजलकार लक्ष्मण संज्याल लाई प्रस्तुत गरिने घोषणा गर्दै दर्शकमा थप उत्सुकता जगाए।

साँझको अन्त्यतिर, हलबाट बाहिरिँदै गरेका अनुहारहरूमा एउटा साझा भाव देखिन्थ्यो—सन्तुष्टि र सोच। ‘क्यानभास १’ ले केवल एउटा कार्यक्रमको रूप लिएन, यसले प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतिको स्पन्दनलाई फेरि एकपटक जीवन्त बनायो।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

Techie IT