Techie IT
Sunday, July 26, 2026 | आईतबार, साउन १०, २०८३
२०८३ साउन १०, आईतबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रबागमती प्रदेशकै पहिलो कर सेवा संचालन गर्ने पालिका बन्याे हेलम्बु

बागमती प्रदेशकै पहिलो कर सेवा संचालन गर्ने पालिका बन्याे हेलम्बु


हेलम्बु, सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका र आन्तरिक राजस्व कार्यालय काभ्रेपलाञ्चोक बीच सेवा प्रवाह विकेन्द्रीकरण तथा स्थानीय तहबाट कर सम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले समझदारी पत्र ९ःइग्० हस्ताक्षर तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।
उक्त समझदारीसँगै अब स्थायी लेखा नम्बर ९एब्ल्० दर्ता, कर चुक्ता, करसम्बन्धी सिफारिस तथा अन्य राजस्व सेवा हेलम्बु गाउँपालिकाबाटै उपलब्ध गराइने भएको छ, जसले स्थानीय नागरिक, व्यवसायी तथा सेवाग्राहीलाई सहज, छिटो र प्रभावकारी सेवा प्राप्त गर्न महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

हस्तान्तरण कार्यक्रममा हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्मा, आन्तरिक राजस्व कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख कर अधिकृत अनमोल कुमार दाहाल, हेलम्बु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेनि बहादुर मोक्तान, हेलम्बु गाउँपालिका वडा नं। १ का वडा अध्यक्ष दावा ग्याल्जेन लामा, साथै गाउँ कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, विभिन्न शाखा प्रमुखहरू, कर्मचारीहरू तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शेर्माले संघीयता कार्यान्वयनको मर्मअनुसार सेवा प्रवाहलाई नागरिकको नजिक पुर्‍याउने लक्ष्यसहित यो समझदारी गरिएको बताउँदै अब कर सम्बन्धी सेवा लिन धुलिखेल धाउनुपर्ने बाध्यता हट्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले स्थानीय सरकारलाई थप सक्षम, उत्तरदायी र सेवामुखी बनाउने दिशामा यो कदम महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।

त्यसैगरी, प्रमुख कर अधिकृत दाहालले आन्तरिक राजस्व सम्बन्धी सेवा स्थानीय तहबाटै उपलब्ध गराउने व्यवस्था सरकारको सेवा सरलीकरण नीतिअनुसार अघि बढाइएको बताउँदै हेलम्बु गाउँपालिकासँगको सहकार्यले कर प्रणालीलाई थप व्यवस्थित र पहुँचयोग्य बनाउने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोक्तानले सेवा प्रवाहलाई प्रविधिमैत्री, पारदर्शी तथा प्रभावकारी बनाउँदै नागरिकलाई छिटो सेवा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यस कार्यक्रमसँगै हेलम्बु गाउँपालिका बागमती प्रदेशभित्र स्थानीय तहबाट कर सेवा सञ्चालन गर्ने पहिलो गाउँपालिका बन्न सफल भएको छ भने देशभरका ७५३ स्थानीय तह मध्ये कर सेवा विस्तार गर्ने क्रममा ५०औँ स्थानमा पुग्न सफल भएको जानकारी कार्यक्रममा दिइएको थियो।

स्थानीय तहबाटै राजस्वसम्बन्धी सेवा उपलब्ध हुन थालेपछि नागरिकको समय, खर्च र श्रम बचत अपेक्षा गरिएको छ। यस उपलब्धिलाई सेवा प्रवाह सुधार, सुशासन प्रवर्द्धन तथा संघीय शासन प्रणालीलाई व्यवहारमा कार्यान्वयन गर्ने दिशामा महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

Techie IT