Techie IT
Sunday, July 26, 2026 | आईतबार, साउन १०, २०८३
२०८३ साउन १०, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रऊर्जामन्त्रीमा भरत पराजुलीको चर्चा, को हुन् उनी ?

ऊर्जामन्त्रीमा भरत पराजुलीको चर्चा, को हुन् उनी ?


काठमाडौं । निर्वाचन परिणाम आइसकेसँगै नयाँ सरकार गठनको कसरत पनि सुरु भएको छ । बुझिएअनुसार चैत १० गते नयाँ प्रधानमन्त्रीमा रास्वपाका वरिष्ठ नेता बालेन शाह नियुक्त हुने निश्चितप्रायः छ । यससँगै नयाँ बन्ने मन्त्रिमण्डलका सदस्यबारे पनि चर्चा सुरु भएको छ ।

भावी मन्त्रीका रुपमा चर्चामा रहेका थुप्रैमध्येका एक हुन्– भरत पराजुली । सिन्धुपाल्चोक– १ बाट शानदार जित निकालेका पराजुली बालेन नेतृत्वको सरकारमा ऊर्जान्त्रीका रुपमा सहभागी हुने सम्भावना प्रबल भएको हो ।

रास्वपाबाट चुनाव जितेका पराजुली विगतदेखि नै ऊर्जा क्षेत्रमा क्रियाशील छन् । खासगरी जलविद्युत क्षेत्रका जानकार पराजुली स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान)का केन्द्रीय कार्यसमिति सदस्य पनि हुन् ।

अभियन्तादेखि सांसदसम्मको यात्रा

पराजुलीले कुनै बेला सिन्धुपाल्चोकका काकाकुल बस्तीहरूमा पानीको धारा पुर्याएर सामाजिक अभियन्ताको पहिचान बनाएका थिए ।

२०२५ साल भदौ १९ गते सिन्धुपाल्चोकको साबिक बलेफी गाउँपालिका–६ मा जन्मिएका पराजुलीले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनको यात्रा राजनीति वा व्यापारबाट भन्दा पनि विशुद्ध समाजसेवाबाट सुरु भएको थियो ।

कुनै बेला सिन्धुपाल्चोकका सुक्खा गाउँहरूमा घण्टौँ हिँडेर खोलाबाट पानी बोक्नुपर्ने बाध्यता थियो । सरकारी संयन्त्रको उपस्थिति कमजोर रहेको त्यो समयमा पराजुलीले २०५५ सालदेखि खानेपानी अभियानको अगुवाइ गरे । साबिकको माङ्खा गाविसस्थित जोगीडाँडाका ६० भन्दा बढी घरधुरीमा पहिलोपटक धारा पु¥याएर उनले यो अभियानको थालनी गरेका थिए ।

एकीकृत ग्रामीण विकास तथा वातावरण संरक्षण मञ्चको महासचिवका रूपमा उनले करिब ७ वर्षसम्म मान्द्रा, पिस्करको जलजले, धुस्कुन, थुम्पाखर, चिलाउने, धुस्कोट, सिक्रे–मार्मिङ, नागपुजे र सिम्लेलगायतका दर्जनौँ बस्तीमा खानेपानी, सरसफाइ, साक्षरता र आयआर्जनका योजनाहरू सफलतापूर्वक सञ्चालन गरेका थिए । अहिले उनै पुराजुलीलाई त्यहाँका मतदाताले मत दिँदै नीति निर्माण गर्ने ठाउँमा प्रतिनिधि बनाएका छन ।

गाउँमा खानेपानी पुर्याउने अभियानबाट सुरु भएको उनको जल–यात्रा ऊर्जा विकासमा मोडियो । करिब दुई दशकभन्दा बढी समयदेखि उनी जलविद्युत् क्षेत्रमा सक्रिय थिए ।

नेपालभर ८० भन्दा बढी जलविद्युत् आयोजनासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका पराजुली एकीकृत व्यापार कम्पनी तथा जुगल गाउँपालिका–२ मा निर्माणाधीन ४५ मेगावाट क्षमताको ब्रह्मायणी खोला जलविद्युत् आयोजनाका प्रमुख प्रवर्द्धक तथा अध्यक्ष हुन् । यस आयोजनामार्फत उनले २०० भन्दा बढी स्थानीयलाई प्रत्यक्ष रोजगारी दिएका छन् ।

विकासको प्रतिफल गाउँमै रहनुपर्छ भन्ने मान्यता राख्ने उनले आगामी दिनमा स्थानीय बासिन्दालाई प्रमोटर सेयरमार्फत जलविद्युतको साझेदार बनाउने योजना अघि सारेका छन् ।

हिजो सिन्धुपाल्चोकका गाउँ–गाउँमा पानीको धारा पुर्याएर जनताको तिर्खा मेटाउने पराजुली आज तिनै जनताको अमूल्य मत पाएर देशको नीति निर्माण गर्ने थलो संसदमा पुगेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT