Techie IT
Sunday, July 26, 2026 | आईतबार, साउन १०, २०८३
२०८३ साउन १०, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रबालेन पक्ष भन्छ- प्रधानमन्त्रीकै मर्जीमा मन्त्री नियुक्त, रास्वपा चाहन्छ- पार्टीले सिफारिसमा

बालेन पक्ष भन्छ- प्रधानमन्त्रीकै मर्जीमा मन्त्री नियुक्त, रास्वपा चाहन्छ- पार्टीले सिफारिसमा


काठमाडौं । चुनावी परिणाम आइनसक्दै नयाँ मन्त्रिमण्डल गठनको विषयमा किचलो सुरु भएको छ । खासगरी रास्वपामा पछि आएर मिसिएको बालेन समूह र पुराना रास्वपा समूहबीच नयाँ सरकार गठनका विषयमा मत बाझिएको हो । बालेन समूहले चहिरहेको छ कि, अबको सरकार प्रधानमन्त्री बालेनकै चाहनाबमोजिम बनोस् । जुन कुरालाई बालेनका अतिप्रिय मित्र तथा यसअघिका सांसद असिम साहले स्पष्टसँग फेसबुकमा लेखेका छन् ।

रवि लामिछाने र बालेन शाह मिलाउन निर्णायक वार्ता भएको घरका घरबेटीसमेत रहेका शाहले बालेनकै मर्जीमा सरकार बनाउने भएकाले कसैलाई भनसुन नगर्नसमेत सुझाएका छन् । रास्वपा उपसभापति डिपी अर्यालले बालेनलाई प्रधानमन्त्री बनाउनका लागि भएको सहमतिबारे आफूलाई थाहा नभएको बताएलगत्तै साहले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् । साहको उक्त धारणा व्यक्तिगत नभएर बालेन समूहकै भएको बुझ्न कठिन छैन ।

साहले फेसबुकमा लेखेका छन्, ‘मन्त्री बन्न दौडधुप गर्न, भनसुन गर्न, मिडिया ट्रायल गर्न वा प्रचार गर्न आवश्यक छैन, केही नगरे पनि हुन्छ, जब बालेन प्रधानमन्त्रीका रूपमा नियुक्त हुनुहुन्छ, उहाँले आफ्नो क्याबिनेटको टिम आफैं छनोट गरेर बनाउनुहुनेछ, उहाँलाई सबै सांसदहरूको योग्यता र क्षमताबारे राम्रो जानकारी छ ।’

यसरी साहले सार्वजनिक गरेको धारणाले रास्वपाभित्र नयाँ तरंग उत्पन्न गरेको छ । यससँगै बालेनलाई प्रधानमन्त्री बनाउन रास्वपाको विधान नै बाधक बन्नसक्ने टिप्पणी पनि हुन थालेको छ । हुन पनि हो, रास्वपाको विधानले सजिलै बालेनलाई संसदीय दलको नेता बन्न नदिने देखिएको हो ।

रास्वपा विधान– २०७९ को धारा ७२ का अनुसार पार्टीबाट निर्वाचित सांसदहरुले संसदीय दलको नेताका लागि उम्मेदवारी दिनेछन् र देशभरका साधारण सदस्यले मतदान गरी बहुमत दिएपछि मात्रै उक्त सांसद संसदीय दलको नेता बन्न सक्नेछन् । यदि तीन वा तीनभन्दा बढी उम्मेदवार भएर कसैले पनि बहुमत ल्याएनन् भने धेरै मत ल्याउने सांसदबीच फेरि चुनाव चुनाव गर्नुपर्ने रास्वपाको विधानमा उल्लेख छ । संसदीय दलको नेता नभइ प्रधानमन्त्री हुन पाइँदैन ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT