Techie IT
Sunday, July 26, 2026 | आईतबार, साउन १०, २०८३
२०८३ साउन १०, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रकुलमानपछि रविको निसानामा बालेनः रास्वपा फैलाउने, अरुलाई सिध्याउने रणनीति

कुलमानपछि रविको निसानामा बालेनः रास्वपा फैलाउने, अरुलाई सिध्याउने रणनीति


काठमाडौं । रवि, बालेन र कुलमानबीच एकता भएको भनिएकै दिन राजनीतिक क्षेत्रका जानकारहरुले भनेका थिए– यो एकता कुनै हालतमा टिक्दैन । किनकि यो नितान्त व्यक्तिगत स्वार्थको जगमा भएको छ । अर्थात कतिपयले भने– यो अरु कसैले मिलाइदिएका हुन्, अरुले मिलाइदिएको एकता टिक्नै सक्दैन ।

हुन पनि हो– न राजीतिक विचारधार, न नीति तथा एजेण्डा, न कुनै संगठन, न त कुनै कार्यक्रम नै ! ‘पुराना दललाई देखाइदिने’ भन्दा अरु कुनै उद्देश्य नभएको उक्त एकता नटिक्ने त निश्चित नै थियो । धेरैको अनुमान थियो, चुनावपछि भागबण्डा मिल्दैन र उनीहरुबीच फाटो आउँछ ।

तर, त्यतिबेलासम्म पनि उक्त एकता टिकेन । अर्थात १२ दिनमै भाँडियो । रास्वपामा मिसिएको उज्यालो नेपाल पार्टी बाहिरियो । अहिले दुवै पक्षले एकअर्कालाई दोष लगाइरहेका छन् । जसले जे पनि उक्त एकता नटिक्नुको एकमात्र कारण हो– पदको भागबण्डा ! कुलमानले रास्वपासँगको एकता भाँडिएको घोषणा गरेसँगै एकाथरीले भन्न थालेका छन्– रविको नियतै कुलमानसँगै उज्यालो नेपाललाई सिध्याउने थियो ।

र अब उनले बालेनलाई सिध्याउने रणनीति अपनाएका छन् । रविका विरोधीहरुले त यतिसम्म भनेका छन् कि, रविले जहाँ जहाँ हात हाल्छन् त्यहाँ चौपट बनाएर छाड्छन् । आफ्नै घर होस् कि ग्यालेक्सी टिभी वा सहकारीहरु ! उनले हात हालेपछि त्यसलाई सिध्याएर आफू हिरो भएर निस्कन्छन् । हुन पनि घटनाक्रमले उक्त विश्लेषणलाई पुष्टि गर्दै गएको छ ।

बालेनका समर्थकको भोट रास्वपाका लागि ल्याउनका लागि रविले बालेनलाई भावी प्रधानमन्त्री मन्दिएका छन् । बालेनले पत्याएका पनि छन् । बालेनको इन्ट्रीले अहिले रास्वपाभित्र पनि खुसी भने छाएको छैन । बालेनसँग कुनै टिम नभएको र वडा सदस्यको हैसियत पनि नभएकालाई केन्द्रीय सदस्यका लागि पठाएको भन्दै रास्वपाभित्र तिव्र असन्तुष्टि छ ।

र, अब बालेनले काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएपछि बालेन रविको निसानामा पर्ने धेरैको प्रक्षेपण छ । हुन त चुनावपछि बालेन प्रधानमन्त्री हुने भन्ने कुरा पनि कहाँ सजिलो छ र ? चुनावमा बालेनले जित्नुपर्यो, रास्वपाले बहुमत ल्याउनुपर्यो, रास्वपाको संसदीय दलको नेतामा बालेन चुनिनुपर्यो, संसदमा प्रधानमन्त्रीको चुनाव जित्नुपर्यो ।

मान्छेहरुले त अब बालेन प्रधानमन्त्री हुने भए भन्ठानेका छन् । राजनीतिमा खास चलखेल त चुनाव पछि हुन्छ । यो कुरा बालेनले पनि बुझेकै होलान् । बालेनको क्रेजका कारण आउने भोट थोपरेर पार्टीलाई ठूलो बनाउन रवि सफल होलान् तर बालेनको महत्वाकांक्षा पूरा नहुने निश्चित छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT