Techie IT
Sunday, July 26, 2026 | आईतबार, साउन १०, २०८३
२०८३ साउन १०, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रएनआरएनए अमेरिकाले भन्यो मन्त्री गुप्तालाई कुनै कार्यक्रममा बोलाइएको छैन

एनआरएनए अमेरिकाले भन्यो मन्त्री गुप्तालाई कुनै कार्यक्रममा बोलाइएको छैन


काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए अमेरिका) ले मन्त्री बब्लु गुप्तालाई आफ्नो कुनै पनि आधिकारिक कार्यक्रममा नबोलाइएको स्पष्ट पारेको छ।

एनआरएनए अमेरिकाले जारी गरेको प्रेस विज्ञप्तिमा संघको नाम जोडेर मन्त्री गुप्ताको सहभागिता रहेको भन्दै सार्वजनिक गरिएका सूचनाहरू भ्रामक रहेको जनाएको छ।

संघका अनुसार एनआरएनए अमेरिका अन्तर्गत आयोजना हुने कार्यक्रम, भेटघाट वा औपचारिक गतिविधिमा मन्त्री गुप्तालाई कुनै पनि किसिमको औपचारिक निमन्त्रणा दिइएको छैन।

संघले आफ्नो नाम, लोगो तथा संस्थागत पहिचान प्रयोग गरी अनधिकृत रूपमा कार्यक्रम वा गतिविधि सञ्चालन गरिएकोप्रति आपत्ति जनाएको छ। साथै यस्ता कार्यहरू संघको विधान र अमेरिकी कानुनविपरीत भएको उल्लेख गर्दै त्यसप्रति संघको कुनै संलग्नता नरहेको स्पष्ट गरिएको छ।

एनआरएनए अमेरिकाले आधिकारिक निर्णय र कार्यक्रमहरू केवल संस्थाको वैधानिक संरचनामार्फत मात्र हुने जनाएको छ। साथै, संघको नाम जोडेर हुने कुनै पनि अनधिकृत गतिविधिप्रति सतर्क रहन नेपाली समुदाय, सदस्य तथा सरोकारवालालाई आग्रह गरिएको छ।

संघले यस्ता भ्रम सिर्जना गर्ने गतिविधि दोहोरिए कानुनी प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएको छ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT