Techie IT
Wednesday, July 22, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रएमालेको समानुपातिक सूचीमा झापाबाट मात्रै ९ जनाको प्रतिनिधित्व, २१ जिल्ला खाली

एमालेको समानुपातिक सूचीमा झापाबाट मात्रै ९ जनाको प्रतिनिधित्व, २१ जिल्ला खाली


काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा झापा जिल्लाबाट सबैभन्दा धेरैको प्रतिनिधित्व गराइएको छ। एमालेको केन्द्रीय कमिटीमा पनि झापाकै प्रतिनिधि धेरै छन्। झापाबाट अध्यक्ष केपी शर्मा ओलीसहित २६ जना केन्द्रीय कमिटीमा छन् भने ओलीकै निर्वाचन क्षेत्र झापा ५ बाट आयोग सदस्यसहित १४ जनाको प्रतिनिधित्व छ।

गत पुस १४ गते निर्वाचन आयोगमा बुझाएको बन्दसूची अनुसार झापाबाट ९ जनाको प्रतिनिधित्व देखिएको छ। यसमा अनिता सुब्बा, विद्यानन्द राजवंशी, नर्मदादेवी सिवाकोटी, मेनुका काफ्ले, लता प्रसाईं, नीता घतानी, जितु दर्जी गौतम, सोम पोर्तेल र बिना साह महतो छन्।

झापापछि काठमाडौंबाट ७ जनाको प्रतिनिधित्व छ, जसमा लक्की शेर्पा, मिना बरामु, कुलभक्त शाक्य, बुद्धभक्त चित्रकार, सानुमैया खड्का, मायादेवी पोडेनी र निर्मल देउला पोडेको नाम समावेश छ। धनुषाबाट पनि ७ जनाकै प्रतिनिधित्व छ।

त्यसमा उर्मिला देवी पासवान, यशोदा कुमारी यादव, मन्जु महतो, रेणु साह, अरविन्द साह, राम चरित्र साह र चन्द्रेश्वर यादव समेटिएका छन्। पाल्पाबाट ४ जना — हीरासरा राना, ओमबहादुर घर्ती, थानेश्वरप्रसाद बस्याल र रोजी खातुनको प्रतिनिधित्व छ। कैलालीबाट ४ जना लीलाकुमारी भण्डारी, हरिशंकर योगी, इच्छा कुमारी चौधरी र सावित्रा घिमिरे भने चितवनबाट पनि ४ जना रामबहादुर थापा मगर, सन्तबहादुर प्रजा, प्रभा बराल र यमबहादुर परियारको प्रतिनिधित्व छ। धादिङबाट ३ जना गंगादेवी श्रेष्ठ, क्रान्ति बुर्लाकोटी र डा। पुष्प कँडेल सूचीमा समावेश छन्।

काभ्रेपलाञ्चोकबाट तीन जना भक्तकुमारी लामा, सुमित्रा राजवंशी र इन्द्रबहादुर तामाङको प्रतिनिधित्व छ भने महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङबाट ३ जना कोमल वली, शान्ता चौधरी र साजिदा सिद्दिकीको नाम सूचीमा समावेश छ। २१ जिल्लाबाट कसैको पनि प्रतिनिधित्व छैन। निर्वाचन आयोगमा बुझाएको सूची अनुसार ५६ को प्रतिनिधित्व देखिएको छ। २१ जिल्लाबाट कुनै पनि उम्मेदवार छैनन्।

सिराहाबाट नै ३ जना छन्, जसमा आशाकुमारी यादव, चन्द्रेश्वर मण्डल र राजेश अग्रवालको नाम छ। रौतहटबाट पनि ३ जना छन्। रअन्शु सिंह, बबिता दास कर्ण र सच्चितानन्द साह रौतहटबाट समेटिएका नाम हुन्।

ललितपुर, मोरङ, उदयपुर, लमजुङ, कास्की, स्याङ्जा, कञ्चनपुर, कालिकोट, पर्वत, बाँके, कपिलवस्तु, बारा, सर्लाही, अछाम र बझाङबाट दुई दुई जनाको प्रतिनिधित्व छ। पाँचथर, इलाम, खोटाङ, सुनसरी, म्याग्दी, धनकुटा, मुस्ताङसहित ३० जिल्लाबाट एकएक जनाको प्रतिनिधित्व छ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

Techie IT