Techie IT
Wednesday, December 24, 2025 | बुधबार, पुस ९, २०८२
२०८२ पुस ९, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रगायक माहदेव भट्टको देउडा गीत ‘मेरी पुट्क्यौली’ सार्वजनिक

गायक माहदेव भट्टको देउडा गीत ‘मेरी पुट्क्यौली’ सार्वजनिक


काठमाडौं । सुदूरपश्चिमेली देउडा संगीतमा आधारित गायक माहदेव भट्टको नयाँ गीत “मेरी पुट्क्यौली” सार्वजनिक भएको छ। गीत २०८१ साल चैत २३ गते हरिश महरा युट्युब च्यानलमार्फत दर्शक–श्रोतामाझ ल्याइएको हो ।

माया–प्रेमको मिठासपूर्ण भाव समेटिएको यस गीतमा माहदेव भट्ट र गौरी भट्टको सुमधुर स्वर सुन्न सकिन्छ। गीतका शब्द र लय स्वयं माहदेव भट्टले तयार पारेका हुन्। गीतमा प्रयोग गरिएका देउडा शैलीका संवादात्मक शब्दहरूले गाउँघरको जीवन, प्रेमिल भावना र लोकसंस्कृतिको सुन्दर चित्रण गरेका छन् ।

‘सिलगडिका पल्लाचाल पुट्क्यौला मेरा’, ‘सोर सुनारकी चेली पुट्क्यौली मेरि’, ‘राम–सीता एकै खेल’ जस्ता हरफहरूले प्रेममा विश्वास, समर्पण र आत्मीयतालाई सरल तर गहिरो रूपमा प्रस्तुत गरेका छन्।

गीतका शब्दहरूमा मायालाई सुनसँग तुलना गरिँदा पनि माया तौलिन नसकिने अमूल्य भाव भएको सन्देश दिइएको छ। गीतको एरेञ्ज जयदेव देवकोटाले गरेका हुन् भने सम्पादन बिनोद बमले गरेका छन्। तरङ्ग स्टुडियोमा रेकर्ड गरिएको यस गीतको भिडियो भिमा थापाको निर्देशनमा तयार भएको हो। भिडियोको छायांकन सुरेश श्रेष्ठले गरेका छन्।

गीतको भिडियोमा हरिश महरा र अस्मिता राना मगरको अभिनय देख्न सकिन्छ। उनीहरूको अभिनयले गीतका शब्द र भावनालाई अझ जीवन्त बनाएको छ। देउडा गीतमा माया–प्रेमको विषयवस्तुलाई नयाँ ढंगले प्रस्तुत गरिएको भन्दै गायक माहदेव भट्टले ‘मेरी पुट्क्यौली’ ले दर्शक–श्रोताको मन जित्ने विश्वास व्यक्त गरेका छन्।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले थाले आमरण अनसन

काठमाडौं । अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् ।

सरकारलाई गुहारेरै भएपनि ओलीलाई बयानका बोलाउने

जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बयानमा बोलाउन आवश्यक गृहकार्य गरिरहेको छ ।

बालेन प्रधानमन्त्री बन्ने पक्का, कांग्रेस–एमाले तनावमा

काठमाडौंका मेयर बालेन साह प्रधानमन्त्री बन्ने पक्कापक्की भएको छ । रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने भएपछि उनी प्रधानमन्त्री

पाँच महिनामा वीरगंज नाकाबाट तीन खर्ब ५९ अर्बका सामान आयात

काठमाडौं । वीरगंज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा तीन खर्ब ५ अर्ब २३ करोड रुपैयाँ मूल्य पर्ने वस्तु तथा

सिन्धुलीमा आगो लगाएर युवतीको हत्या

काठमाडौँ । सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित धुराबजारमा आगो लगाएर एकजना युवतीको हत्या भएको छ । पुस ६ मा साँझ आगो

सुनचाँदीको मूल्यमा भारी वृद्धि एकैदीन ३४ सयले बढ्यो सुन

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा लगातार उतार चडाव आएको छ। हिजो आइतबार छापावाला सुन प्रतितोला २ लाख ५८ हजार

Techie IT