गृहपृष्ठ ∕ ब्रेकिङ ∕ हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार हितेन्द्रदेव शाक्यले सम्हाले प्राधिकरणको कार्यभार स्वर्णपत्र बुधबार, २०८२ मंसीर २४ गते, १२:४३ मा प्रकाशित ब्रेकिङ काठमाडौं । सर्वोच्च अदालतको आदेशसँगै नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख हितेन्द्र शाक्यले पदबहाली गरेका छन् । सोमबार सर्वोच्च अदालतले बर्खास्तीको रिटमा परमादेश आदेश दिएपछि हितेन्द्र पुनः प्राधिकरणको प्रमुखमा फर्किएका हुन् । ऊर्जामन्त्री कुलमान घिसिङले शाक्यलाई हटाएर मनोज सिलवाललाई जिम्मेवारी दिएपछि शाक्य अदालत गएका थिए । न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सोमबार हितेन्द्रको पक्षमा परमादेश जारी गरेको हो । अदालतले नवयुवाको आन्दोलनको बलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङले शाक्यलाई ‘पूर्वाग्रह’ ‘प्रतिशोधपूर्ण’ र ‘स्वेच्छाचारी’ ढंगले प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको ठहर गरेको हो। #हितेन्द्रदेव शाक्य तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार लोकप्रिय १ कारबाही हुने भएपछि संसदीय दलका नेता शर्माद्वारा राजीनामा २ कुलमानसँगको सहमति भंग गरेर खगेन्द्रले आफ्नै चिह्नबाट चुनाव लड्ने ३ माओवादी पदाधिकारी बैठकले बोलायो स्थायी कमिटी बैठक ४ जेनजी आन्दोलनमा ह्यात होटलको क्यासिनो लुटपाट आरोपमा २ जना पक्राउ ५ उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत ६ भोटेकोशी नदिले बगायो लार्चाको पुल ७ सरकारी कर्मचारीको तलब २० हजार बढाउनुपर्ने दुर्गा प्रसाईंको माग ८ जेन्जीका चार समूहद्धारा ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग