काठमाडौं । एमालेको आसन्न ११ महाधिवेशनको प्रतिनिधिका लागि अन्यत्रझै सिन्धु्पाल्चोकमा पनि शनिबार मतदान हुँदैछ । सिन्धुपाल्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ अन्तरगत बुधबार उम्मेदवारी दर्ता गराएका ३१ जनामध्ये ८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
उम्मेदवारको अन्तिम नामावलीअनुसार खुलातर्फ ५ जनाका लागि प्रेम लामा, यज्ञराज सापकोटा, होमनारायण श्रेष्ठ, गंगाबहादुर घिमिरे सागर, कमल नेपाल, प्रदिप पौडेल, दिलकुमार लामा, पुरुपोत्तम प्याकुरेल, सुशील श्रेष्ठ, चरिबहादुर तामाङ, जराबहादुर तामाङ, सूर्य लामा र युद्धविक्रम तामाङ गरी १३ जनाले प्रतिस्पर्धा गर्दैछन् ।
त्यस्तै ३ महिला सदस्यका लागि सुशीला पाख्रिन, दाबुटी शेर्पा लामा, शकुन्तला माझी, कमला कायस्थ, संगाीता राना, हेमगंगा मोक्तान र कृष्णकुमारी लामाको उम्मेदवारी कायम भएको छ । ४० वर्षमुनिको १ सदस्यका लागि भने आङदोर्जे शेर्पा, दिपेन्द्र पौडेल र शितल तामाङले प्रतिस्पर्धा गर्दैछन् । मतदान शनिबार खाडिचौरमा हुनेछ ।