Techie IT
Monday, July 27, 2026 | सोमबार, साउन ११, २०८३
२०८३ साउन ११, सोमबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रचितवनको ब्याटिङ खराब हुँदा काठमान्डुको तेस्रो जित

चितवनको ब्याटिङ खराब हुँदा काठमान्डुको तेस्रो जित


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गत १५ औँ खेलमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै काठमान्डु गोर्खाजले प्रतियोगितामा तेस्रो जित दर्ता गरेको छ। चितवनको भने यो दोस्रो हार हो।

त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको काठमान्डुले १९.४ ओभरमा १४२ रन बनाएको थियो। काठमान्डुले दिएको १४३ रनको विजयी लक्ष्य पछ्याएको चितवन १७.१ ओभरमा ८९ रन बनाउँदै अलआउट भयो। चितवनका लागि अघिल्लो ३ खेलमा अर्धशतकीय पारी खेलेका रवि बोपारा पनि यो खेलमा २१ रनमा पेभेलियन फर्किए।

रबि र देव खनालले समान २१र२१ रनको पारी खेले। सोहिल तान्भिरले १८ रन बनाए। अन्य कुनैपनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन्। काठमान्डुका लागि रासिद खानले सर्वाधिक ३ विकेट लिए। करण केसी, मिलिन्द कुमार र साहब आलमले २–२ विकेट लिए। सन्तोष यादवले १ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको काठमान्डुका लागि जोन सिम्पनसनले सर्वाधिक ६० रन बनाए।

उनले २९ बलमा ३ चौका र ५ छक्का सहित ६० रनको अर्धशतकीय पारी खेले । काठमान्डुले पहिलो विकेटको रूपमा ओपनर आकाश त्रिपाठीलाई रन आउटको रूपमा गुमायो। उनले ५ बलमा १ चौकासहित ४ रन बनाउँदै १.६ ओभरमा अर्जुन साउदको हातबाट डाइरेक्ट हिटमार्फत रनआउट भए।

दोस्रो विकेट वान डाउन आएका रसिद खानको विकेट गयो। उनी रञ्जित कुमारको बलमा रबि बोपाराको हातमा क्याच भए। उनले ६ रन मात्रै बनाए। तेस्रो विकेट अर्का ओपनर बेन चार्लेसवर्थको गयो। उनले १४ बलमा २ चौकासहित १३ रन बनाए। उनलाई सोहिल तान्भिरले रबि बोपाराको हातमा क्याच गराए।
काठमान्डुले पावरप्लेमा ३ विकेट गुमाउँदै ३९ रन बनाएको थियो।

चौथो विकेटका लागि जोन सिम्पसन र मिलिन्द कुमारले ९८ रनको साझेदारी गर्दै टिमको स्कोर उकासे। चौथो विकेटको रूपमा मिलिन्द कुमारको विकेट गयो। मिलिन्दले ४३ बलमा ५ चौकासहित ३८ रन बनाए। उनले २६ रन बनाउँदा क्याच मिसको रूपमा जीवनदान पाएका थिए। पाँचौं विकेटको रूपमा जोन सिम्पसनको विकेट गयो। १२२ मा ४ विकेट गुमाएको काठमान्डुले १३३ रन बनाउँदा ९ विकेट गयो। अन्तिम विकेटको रूपमा दिपेश कँडेल ५ बलमा ६ रन बनाउँदै क्याच आउट भए।

छैटौं विकेटको रूपमा जेहरार्ड इरास्मस, मोहम्मद आदिल आलम र सन्तोष यादवको विकेट एकै ओभरमा गयो। चितवनका लागि सोहिल तान्भिरले सर्वाधिक ४ विकेट लिए । उनले ४ ओभरमा २५ रन मात्रै खर्चिए। रञ्जित कुमार र कमल सिंह ऐरीले २–२ विकेट लिँदा रबि बोपाराले १ विकेट लिए।

यसअघि चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो। दोस्रो खेलमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएको चितवनले तेस्रो खेलमा विराटनगर किंग्सलाई ४८ रनले हराएको थियो। यस्तै काठमान्डुले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको थियो। तेस्रो खेलमा विराटनगर किंग्ससँग ५ विकेटको हार व्यहोरेको काठमान्डुले चौथो खेलमा लुम्बिनी लायन्सलाई २२ रनले हराएको थियो।

आजको दोस्रो खेल कर्णाली याक्स र विराटनगर किंग्सबिच हुनेछ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

Techie IT