Techie IT
Sunday, July 26, 2026 | आईतबार, साउन १०, २०८३
२०८३ साउन १०, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसिन्धुपाल्चोक एमालेमा १७ प्रतिनिधिका लागि ७४ जनाको उम्मेदवारी, १३ गते चुनाव, कुन गुटका को–को ?

सिन्धुपाल्चोक एमालेमा १७ प्रतिनिधिका लागि ७४ जनाको उम्मेदवारी, १३ गते चुनाव, कुन गुटका को–को ?


काठमाडौं । एमालेको आसन्न महाधिवेशनका लागि देशभर प्रतिनिधि छनोट भइरहेको छ । प्रतिनिधि छनोट प्रक्रियाअन्तरगत शनिबार देशका अधिकांश जिल्लामा मतदान हुँदैछ । अन्यत्र जस्तै सिन्धुपाल्चोकमा १७ प्रतिनिधिका लागि ७४ जनाको उम्मेदवारी परेको छ ।

प्रतिनिधिसभा क्षेत्र नम्बर एकमा ५ र दुईमा ४ खुला सदस्यका लागि २२–२२ जनाको उम्मेदवारी छ । त्यस्तै क्षेत्र नम्बर १ मा तीन महिला सदस्यका लागि ७ र दुईमा २ महिलाका लागि ९ जनाको उम्मेदवारी परेको छ । ४० वर्षमुनिको एक–एकजना प्रतिनिधिका लागि ३ र ७ जनाको उम्मेदवारी परेको सिन्धुपाल्चोक एमालेले जनाएको छ ।

एमालेका अनुसार एक दलित सदस्यका लागि तीन जनाको उम्मेदवारी परेको छ । शुक्रबार साँझसम्म सहमतिको प्रयास गर्ने र सहमति नभए चुनाव गर्ने तयारी भएको बताइएको छ । क्षेत्र नम्बर एकको लागि खाडिचौर र दुईको लागि मेलम्चीमा मतदान हुनेछ । केन्द्रमा अहिलेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुने निश्चित भएपछि प्रतिनिधि छनोटको विषयलाई पनि निकै महत्वका साथ हेरिएको छ ।

सिन्धुपाल्चोकबाट केन्द्रमा प्रतिनिधित्व गर्ने स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, केन्द्रीय सदस्यत्रय सरेश नेपाल, सुवास कर्माचार्य र दावा तामाङसँगै पार्टी जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठ ओली पक्षका हुन् भने केन्द्रीय सल्लाहकार परिषद अध्यक्ष अमृतकुमार बोहोरा र पोलिट्ब्यु्रो सदस्य अरुण नेपालसँगै पार्टी जिल्लाका अधिकांश पदाधिकारी पोखरेललाई चुनाव जिताउने लाइनमा छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT