Techie IT
Tuesday, November 25, 2025 | मंगलबार, मंसीर ९, २०८२
२०८२ मंसीर ९, मंगलबार
swarnapatra logo
गृहपृष्ठब्रेकिङप्रतिनिधिसभा पुनःस्थापनाको मागसहित नेकपा एमाले संसदीय दलद्वारा सर्वोच्चमा रिट पेस

प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित नेकपा एमाले संसदीय दलद्वारा सर्वोच्चमा रिट पेस


काठमाडौं । प्रतिनिधिसभा असंवैधानिक रूपमा बिघटन गरिएको दाबी गर्दै त्यसको पुनर्स्थापनाको मागसहित नेकपा एमाले संसदीय दलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ।

सांसद महेश बर्तौलाका अनुसार बिघटित प्रतिनिधिसभाको तर्फबाट दायर गरिएको उक्त रिटमार्फत सरकारले संविधानविपरीत कदम उठाएको भन्दै तत्काल पुनःस्थापनाको आदेश माग गरिएको छ।

जेन–जी आन्दोलनपछि बनेको सरकारको सिफारिसमा प्रतिनिधिसभा विघाटन भएको छ । सरकारले २१ फागुनका लागि निर्वाचन मितिसमेत तोकेको छ । यद्यपि, एमालेले भने लामो समयदेखि प्रतिनिधिसभा पुनर्स्थपनाको माग राखिरहेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

Techie IT