Techie IT
Tuesday, November 25, 2025 | मंगलबार, मंसीर ९, २०८२
२०८२ मंसीर ९, मंगलबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रसिंहदरबार छिर्न खोजेका मिराज ढुंगानाको समूहलाई प्रहरीले हटायो

सिंहदरबार छिर्न खोजेका मिराज ढुंगानाको समूहलाई प्रहरीले हटायो


काठमाडौं ।  सिंहदरबार छिर्न खोजेका जेनजी युवाहरुलाई प्रहरीले हटाएको छ । मंगलबार सिंहदरबार प्रवेश गर्न खोजेको जेनजीको एउटा समूहलाई त्यहाँ सुरक्षार्थ खटिएका प्रहरी टोलीले त्यहाबाट हटाएको हो ।

प्रहरीले यो समूहलाई अनामनगरको भाटभटेनीबाट पनि परसम्म हटाएको छ । यसअघि सोमबार दिउँसो ज्ञापनपत्र बुझाउन पुगेका जेनजी समूहलाई समय नदिई प्रधानमन्त्री सुशीला कार्की सिंहदरबारबाट बाहिरिएकी थिइन् ।

प्रधानमन्त्रीको समय मिलाउन खोज्दा प्रमुख स्वकीय सचिवले फोन ‘स्विच अफ’ गरेर बसेको र म्यासेजको समेत रिप्लाई नदिएको जेनजीहरुको गुनासो छ । आफूहरूलाई नभेटि प्रधानमन्त्री हिँडेपछि अभियन्ताहरू थप आक्रोशित बनेका थिए ।

प्रधानमन्त्रीको सचिवालयमा आफन्त र नातेदारलाई नियुक्ति दिएको विरोधमा उनीहरू ज्ञापनपत्र बुझाउन सिंहदरबार पुगेका हुन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सक्रिय राजनीतिमा देउवको कमब्याक, चुनावको टिकट उनैले बाँड्ने

काठमाडौं । कांग्रेसले आगामी निर्वाचनका लागि दल दर्ता गर्दा सभापति शेरबहादुर देउवाकै नाम र हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको छ ।

सुशीला कार्की असंवैधानिक प्रधानमन्त्री भएको ओलीको भनाई , सबै निर्णय…

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनःस्थापनाका लागि सर्वोच्च अदालतमा परेको रिटमा लिखित जवाफ दिएका छन् ।

बाराको सिमरा क्षेत्रमा आज पनि जेनजी प्रदर्शन, तनाव बढेपछि फेरि…

सिमरा विमानस्थल र जीतपुर सिमरा आसपास क्षेत्रमा जेन जी युवाहरूले गरेको प्रदर्शनका कारण दोस्रो दिन बिहीबार पनि जिल्ला प्रशासन कार्यालयले

नगरस्तरीय नृत्यमा गोल्डेन सुनगाभा प्रथम, जिल्लास्तरीय प्रतिस्पर्धामा छनोट

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका स्तरीय नृत्य प्रतियोगितमा दुवाकोटस्थित गोल्डेन सुनगाभा विद्यालय प्रथम भएको छ । चाँगुनारायण प्याब्सनले मंगलबार आयोजना

कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य

नेपाल प्रिमियर लिगअन्तर्गत मंगलबारको खेलमा कर्णाली याक्सका ओपनर प्रियांक पञ्चलको ब्याटिङ चल्दा चितवन राइनोजले १६७ रनको मध्यम लक्ष्य पाएको छ

दुर्गा प्रसाईँ म्याद थपका लागि सरकारी वकिल कार्यालयमा

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगिएको छ ।

Techie IT