Techie IT
Monday, November 24, 2025 | सोमबार, मंसीर ८, २०८२
२०८२ मंसीर ८, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रनिर्वाचनमा भाग लिने दलको सङ्ख्या ५६, एकै दिन १६ दल दर्ता

निर्वाचनमा भाग लिने दलको सङ्ख्या ५६, एकै दिन १६ दल दर्ता


काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिन दर्ता हुने दलको सङ्ख्या ५६ पुगेको छ । निर्वाचन आयोगका अनुसार आइतबारसम्म ४० वटा दल दर्ता भएकोमा आइतबार मात्रै थप १६ दल दर्ता भएका छन् ।

आइतबार दर्ता हुने दलमा नेपाली कांग्रेस, नेपाल समावेशी पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, नेपालका लागि नेपाली पार्टी, सचेत नेपाली पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी, राष्ट्रिय विकास पार्टी, नेसनल रिपब्लिकन नेपाल र युनाइटेड नेपाल डेमोक्र्याटिक पार्टी रहेकाछन् ।

निर्वाचन आयोगका अनुसार मङ्सिर १० गतेसम्म प्रतिनिधि सभा निर्वाचनमा भाग लिन चाहने दल र मङ्सिर ७ गतेसम्म राष्ट्रिय सभा निर्वाचनमा भाग लिन चाहने दलले दर्ता गराइसक्नुपर्नेछ ।

प्रतिनिधि सभामा भाग लिन पहिलो दिन मंसिर १ गते १२ दल, दोस्रो दिन २ गते ५ दल, तेस्रो दिन ३ गते र चौथो दिन ४ गते ८–८ दल, पाँचौ दिन ५ गते ७ दल र सातौँ अर्थात अन्तीम दिन ७ गते आइतबार भने १६ दल दर्ता भएका छन् । यस्तै आगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनमा भाग लिन दर्ता हुने दलको संख्या १३ पुगेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

भियतनाममा बाढीपहिरोको कारण एक हप्तामा ९० जनाको मृत्यु

काठमाडौं । भियतनाममा भीषण बाढी र पहिरोका कारण एक हप्ताको अवधिमा कम्तीमा ९० जनाको ज्यान गएको छ । अक्टोबरको अन्त्यदेखि

५० अंकले बढ्यो सेयर बजार, ७ अर्ब नाघ्यो कारोबार

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ५०.४४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६५० अंकमा कायम भएको

प्रधानमन्त्रीका स्वकीय सचिवले श्रीमतीलाई जागिर खुवाएकोप्रति जेनजी फ्रन्टको आपत्ति

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले परिवारका सदस्य र नातेदारलाई जागिर दिलाएको विषयमा नेपाल जेनजी

साबिक विजेता जनकपुरमाथि विराटनगरको रोमाञ्चक जित

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन -२ मा विराटनगर किंग्सले साबिक विजेता जनकपुर बोल्ट्समाथि ९ रनको रोमाञ्चक जित निकालेको छ ।

भारतले नेपाली नम्बरप्लेटका सवारी साधनमा लगायो प्रतिबन्ध

काठमाडौं । भारतले नेपाली नम्बरका सवारी साधनमा प्रतिबन्ध लगाएको छ । बर्दियाको गुलरिया र भारतको मुर्तिहाबाहेक सबै ठाउँमा नेपाली नम्बरका

सक्रिय राजनीतिमा देउवको कमब्याक, चुनावको टिकट उनैले बाँड्ने

काठमाडौं । कांग्रेसले आगामी निर्वाचनका लागि दल दर्ता गर्दा सभापति शेरबहादुर देउवाकै नाम र हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको छ ।

Techie IT