गृहपृष्ठ ∕ मुख्यपत्र ∕ भियतनाममा बाढीपहिरोको कारण एक हप्तामा ९० जनाको मृत्यु भियतनाममा बाढीपहिरोको कारण एक हप्तामा ९० जनाको मृत्यु स्वर्णपत्र सोमबार, २०८२ मंसीर ८ गते, १५:५२ मा प्रकाशित मुख्यपत्र काठमाडौं । भियतनाममा भीषण बाढी र पहिरोका कारण एक हप्ताको अवधिमा कम्तीमा ९० जनाको ज्यान गएको छ । अक्टोबरको अन्त्यदेखि दक्षिण–मध्य भियतनाम लगातार वर्षाको चपेटामा परेपछि पर्यटकीय सहरहरू बारम्बार डुबानमा परेका छन् । अत्याधिक वर्षाको कारण धेरै स्थानहरुमा बाढीप्हिलोका समस्याहरु बढी रहेकाछन् । यसले करोडौं डलर बराबरको आर्थिक क्षति पुर्याएको बताइन्छ । तटीय सहर न्हा ट्राङका विस्तृत क्षेत्र पानीमा डुब्दा प्रख्यात पर्यटन केन्द्र दा लाट वरिपरिका उच्च भूभागमा घातक भूस्खलन भएको छ । राष्ट्रिय राजमार्गका धेरै खण्ड अझै अवरुद्ध छन् भने कतिपय रेलवे सेवा स्थगित भएको छ । भियतनामको राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार यो वर्ष जनवरीदेखि अक्टोबरसम्म प्राकृतिक प्रकोपका घटनाले २७९ जनाको ज्यान लिएको वा बेपत्ता पारेको छ । कुल क्षति दुई अर्ब डलरभन्दा माथि पुगेको छ । #बाढीपहिरो तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार निर्वाचनमा भाग लिने दलको सङ्ख्या ५६, एकै दिन १६ दल… काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिन दर्ता हुने दलको सङ्ख्या ५६ पुगेको ५० अंकले बढ्यो सेयर बजार, ७ अर्ब नाघ्यो कारोबार काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ५०.४४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६५० अंकमा कायम भएको प्रधानमन्त्रीका स्वकीय सचिवले श्रीमतीलाई जागिर खुवाएकोप्रति जेनजी फ्रन्टको आपत्ति काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले परिवारका सदस्य र नातेदारलाई जागिर दिलाएको विषयमा नेपाल जेनजी साबिक विजेता जनकपुरमाथि विराटनगरको रोमाञ्चक जित नेपाल प्रिमियर लिग (एनपिएल) सिजन -२ मा विराटनगर किंग्सले साबिक विजेता जनकपुर बोल्ट्समाथि ९ रनको रोमाञ्चक जित निकालेको छ । भारतले नेपाली नम्बरप्लेटका सवारी साधनमा लगायो प्रतिबन्ध काठमाडौं । भारतले नेपाली नम्बरका सवारी साधनमा प्रतिबन्ध लगाएको छ । बर्दियाको गुलरिया र भारतको मुर्तिहाबाहेक सबै ठाउँमा नेपाली नम्बरका सक्रिय राजनीतिमा देउवको कमब्याक, चुनावको टिकट उनैले बाँड्ने काठमाडौं । कांग्रेसले आगामी निर्वाचनका लागि दल दर्ता गर्दा सभापति शेरबहादुर देउवाकै नाम र हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको छ । लोकप्रिय १ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन २ शीर्ष नेताको घरमा एकदुई करोड हुनु सामान्य हाे: प्रचण्ड ३ राजिव खत्री र भोजराज थापालाई पार्टी प्रवेश गराउँदै रास्वपा ४ ओलीसँग चुनाव भिड्ने मुडमा ईश्वर पोखरेल ५ दुर्गा प्रसाईँ म्याद थपका लागि सरकारी वकिल कार्यालयमा ६ उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत ७ नगरस्तरीय नृत्यमा गोल्डेन सुनगाभा प्रथम, जिल्लास्तरीय प्रतिस्पर्धामा छनोट ८ कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य