गृहपृष्ठ ∕ ब्रेकिङ ∕ बाराको सिमरा क्षेत्रमा आज पनि जेनजी प्रदर्शन, तनाव बढेपछि फेरि लगाइयो कर्फ्यू बाराको सिमरा क्षेत्रमा आज पनि जेनजी प्रदर्शन, तनाव बढेपछि फेरि लगाइयो कर्फ्यू स्वर्णपत्र बिहीबार, २०८२ मंसीर ४ गते, १५:१९ मा प्रकाशित ब्रेकिङ काठमाडौं । सिमरा विमानस्थल र जीतपुर सिमरा आसपास क्षेत्रमा जेन जी युवाहरूले गरेको प्रदर्शनका कारण दोस्रो दिन बिहीबार पनि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको छ । सम्भावित जनधनको क्षति हुन नदिन भन्दै जिल्ला प्रशासन कार्यालय बाराले बिहीबार दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो। परिस्थिति थप बिग्रन नदिन स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क र ख बमोजिम यो आदेश जारी गरिएको प्रशासनले जनाएको छ। वीरगञ्ज ,पथलैया सडक खण्डको पथलैया चोक दक्षिणदेखि जीतपुर लल्का पुलसम्म राजमार्गको दायाँ,बायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कर्फ्यू लगाइएको छ । #जेनजी प्रदर्शन तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार लोकप्रिय १ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन २ उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत ३ दुर्गा प्रसाईं समूहले सरकारसँग राख्यो २७ बुँदे माग ४ लोकप्रियताको आडमा कुलमानका कर्तुतै–कर्तुत ५ रवि र छविको मुद्दामा सुनुवाइ, रिहाइ हुने सम्भावना कति ? ६ जेन जी आन्दोलनपछि बालेन र सरोज गुरागाईंको सम्बन्ध सुमधुर ७ राजिव खत्री र भोजराज थापालाई पार्टी प्रवेश गराउँदै रास्वपा ८ कुलमानको टिमबाट सुमना आउट, बालेन र सुदनले पनि दिएनन् साथ