Techie IT
Tuesday, November 18, 2025 | मंगलबार, मंसीर २, २०८२
२०८२ मंसीर २, मंगलबार
swarnapatra logo
गृहपृष्ठब्रेकिङकर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य

कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य


काठमाडौं । नेपाल प्रिमियर लिगअन्तर्गत मंगलबारको खेलमा कर्णाली याक्सका ओपनर प्रियांक पञ्चलको ब्याटिङ चल्दा चितवन राइनोजले १६७ रनको मध्यम लक्ष्य पाएको छ ।

कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १६६ रन बनाएको हो । ओपनर प्रियांक ब्याटिङ चितवनका बलरसामु हाबी भएका थिए ।

उनले ४८ बलमा ७ चौका र ६ छक्काको सहयोगमा ९० रन जोडे । खेल १५ ओभर ४ बलमा पुग्दा उनलाई चितवनका रवि भोपराले क्याच आउट गराए । कर्णालीका ओपरनद्वय प्रियांक र म्याक्स ओडाउडले ६१ रनको साझेदारी गरेका थिए । पहिलो विकेटका रुपमा म्याक्स आउट भएका हुन् ।

३० बल खर्चेर २० रन जोडेका उनलाई चितवनका सैफ जैबले नवौ ओभरको पाँचौ बलमा आउट गरे ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

दुर्गा प्रसाईँ म्याद थपका लागि सरकारी वकिल कार्यालयमा

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगिएको छ ।

Techie IT