Techie IT
Thursday, November 13, 2025 | बिहीबार, कात्तिक २७, २०८२
२०८२ कात्तिक २७, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रकेपी ओली र कल्याण श्रेष्ठबीच भेट भएको कुराले राजनीतिमा नयाँ तरंग, के पाक्दैछ भित्रभित्रै ?

केपी ओली र कल्याण श्रेष्ठबीच भेट भएको कुराले राजनीतिमा नयाँ तरंग, के पाक्दैछ भित्रभित्रै ?


काठमाडौं । संसद पुनःस्थापनाको पक्षमा रहेका पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायालयमा ‘समानान्तर सत्ता’ चलाउने गरेको आरोप लागेका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई भेटेको विषयले यतिबेला राजनीति तरंगित भएको छ ।

विगतमा ओलीप्रति तीव्र असन्तुष्टि राख्ने व्यक्तिका रूपमा चिनिन्थे, कल्याण श्रेष्ठ । अघिल्लोचोटि ओलीले गरेको प्रतिनिधिसभा विघटन उल्ट्याउन उनले भूमिका खेलेको ठान्नेहरू पनि धेरै छन् । तर, अहिले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतले सुनुवाइ थाल्नुअघि यी दुईबीच गोप्य भेटवार्ता भएपछि भित्रभित्र केही पाक्दै गरेको अनुमान गरिएको छ ।

बुझिएअनुसार प्रतिनिधि सभा पुनःस्थापना गराउने र कल्याण श्रेष्ठलाई चुनावी सरकारको नेतृत्व दिने गरी पहल भइरहेको छ । त्यसका लागि संविधान संशोधन गरी संसद बाहिरको व्यक्ति पनि प्रधानमन्त्री बन्न पाउने नयाँ व्यवस्था थप्ने रोडम्याप छ । त्यसअघि कल्याणले संसद पुनःस्थापनाको पहल गर्नेछन् । ओलीले हालै पार्टीको एउटा छलफलमा प्रतिनिधिसभा पुनस्र्थापनालाई एजेण्डा बनाउनुपर्नेमा जोड दिँदै त्यस्तो संकेत गरेको पनि बताइएको छ ।

संविधानको धारा ७६ मा सरकार गठनसम्बन्धी व्यवस्था छ । ७६ को उपधारा १ मा एकल बहुमतको सरकार बन्ने अवस्थाको परिकल्पना गरिएको छ । उपधारा १ अनुसार संसदमा एउटै दलको स्पष्ट बहुमत नभए दुई वा बढी दल मिलेको बहुमतको सरकार बनाउनुपर्ने उपधारा २ को व्यवस्था छ । दुई वा दुईभन्दा बढी दल मिलेर पनि सरकार बन्न नसकेको अवस्थामा उपधारा ३ मा संसदमा सबैभन्दा बढी सिट संख्या भएको दलको नेताले सरकार गठनको अवसर पाउनेछ  ।

उपधारा ३ बमोजिम गठित ‘अल्पमतको सरकार’ ले एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । यदि विश्वासको मत लिन नसके या प्रधानमन्त्रीले राजीनामा दिए उपधारा ५ को सरकार गठन प्रक्रिया शुरु हुन्छ ।

उपधारा ५ मा प्रतिनिधिसभाको कुनै पनि सांसदले ‘विश्वासको मत प्राप्त गर्न सक्छु’ भन्ने आधार देखाए राष्ट्रपतिले उसलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने व्यवस्था छ । उपधारा ९४० र ९६० मा विश्वासको मत लिने प्रक्रिया र ९७०मा प्रतिनिधि सभाको विघटन र चुनावबारे उल्लेख छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

उद्योगको बक्यौता उठाउन सफल भए कुलमान, ४७ उद्योगले ४३ करोड…

काठमाडौं । लामो विवादमा रहेका लोडसेडिङका वेला प्रयोग गरेको विद्युत्को प्रिमियम महसुल सञ्चालनमा रहेका सबै उद्योगले तिर्न सुरु गरेका छन् ।

कांग्रेस बैठकमा केपी ओलीको बँचाउ, रमेश लेखकले गरेर खुलेरै प्रतिरक्षा

काठमाडौं । निवर्तमान गृहमन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकले पार्टी केन्द्रीय समिति बैठकमा ‘जेन जी प्रदर्शन’का क्रममा भएको गोलीकाण्डमा

स्काउटको जग्गामा पूर्वमन्त्री दीपक खड्काले बनाएको संरचनामा महानगरले चलायो डोजर

काठमाडौं । काठमाडौं महानगरले नेपाल स्काउटको जग्गामा बनेको संरचनामा डोजर चलाएको छ । पूर्वऊर्जामन्त्री दीपक खड्काको कम्पनीले भोगचलन गरिरहेको संरचनामा

रवि र छविको मुद्दामा सुनुवाइ, रिहाइ हुने सम्भावना कति ?

सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल

जेन जी आन्दोलनपछि बालेन र सरोज गुरागाईंको सम्बन्ध सुमधुर

काठमाडौं महानगरका मेयर बालेन साह र प्रमुख प्रशासकीय अधिकृतबीचको द्वन्द्वबारे धेरैलाई थाहा छ । त्यतिबेला भन्ने गरिन्थ्यो, गुरागाईंलाई भ्रष्टाचार गर्नकै

डिभी चिट्टाको आवेदनका लागि अमेरिकाले लागू गर्यो नयाँ प्रावधान

काठमाडौं । अमेरिकाले अबको एक महिनाभित्र डिभी चिट्टा खोल्ने बुझिएको छ । र, डिभी चिट्टा खोल्दा केही नयाँ प्रावधान पनि

Techie IT