गृहपृष्ठ ∕ ब्रेकिङ ∕ जेन जी आन्दोलनपछि बालेन र सरोज गुरागाईंको सम्बन्ध सुमधुर जेन जी आन्दोलनपछि बालेन र सरोज गुरागाईंको सम्बन्ध सुमधुर स्वर्णपत्र बिहीबार, २०८२ कात्तिक २७ गते, १३:०४ मा प्रकाशित ब्रेकिङ काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साह र प्रमुख प्रशासकीय अधिकृतबीचको द्वन्द्वबारे धेरैलाई थाहा छ । त्यतिबेला भन्ने गरिन्थ्यो, गुरागाईंलाई भ्रष्टाचार गर्नकै लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले खटाएका हुन् । अर्थात बालेनलाई असफल बनाउनकै लागि गुरागाईंलाई काठमाडौं महानगरमा खटाइएको हो । तर अहिले सरकार फेरिएको मात्रै छैन, बालेनले नै बनाएका भनिएका प्रधानमन्त्री र मन्त्रीहरु छन् । तर अहिलेसम्म काठमाडौं महानगरमा प्रशासकीय अधिकृत फेरिएका छैनन् । अझ बुझिएअनुसार अहिले बालेन र गुरागाईंको सम्बन्ध निकै सुमधुर छ । विगतमा गुरागाई पक्षधर भनेर चिनिएकी उपमेयर सुनिता डंगोल भने अहिले अप्ठेरोमा परेकी छिन् । तर मुख्य कु्रा यो हो कि, सरकारदेखि सबैतिर बालेनले नै चाहेजस्तो हुँदा पनि काठमाडौं महानगरले केही काम गर्न भने सकेको छैन । #बालेन र सरोज तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार रवि र छविको मुद्दामा सुनुवाइ, रिहाइ हुने सम्भावना कति ? सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल लोकप्रिय १ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन २ रास्वपासँग कुरा नमिलेपछि नयाँ दल दर्ता गर्दै कुलमान, बालेनले पनि समर्थन गर्ने ३ आईजी खापुङले ओली र लेखकलाई जोगाउन खोजेको भन्दै आलोचना ४ तोसिमा र गणेश कार्कीसँगै तीन दर्जन केन्द्रीय सदस्यले नै बुझाएनन् लेबी ५ जाँचबुझ आयोगसमक्ष रवि लामिछानेले दिए बयान, आफूले जेलब्रेक नगरेको प्रष्टीकरण ६ रास्वपामा बाबुरामको दाउ: सके आफैं पार्टी सभापति, नसके छोरीलाई सांसद बनाउने ७ अष्ट्रेलियाका पत्रकार विकास पौडेल ‘उदास’बाट मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग ८ बब्लु गुप्ताले मन्त्री बन्न भिक्टर पौडेललाइ दुई करोड बुझाएको दुर्गा प्रसाईंको आरोप