Techie IT
Monday, July 27, 2026 | सोमबार, साउन ११, २०८३
२०८३ साउन ११, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रकुलमानको टिमबाट सुमना आउट, बालेन र सुदनले पनि दिएनन् साथ

कुलमानको टिमबाट सुमना आउट, बालेन र सुदनले पनि दिएनन् साथ


काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले एउटै पार्टी खोल्ने विषयमा सहमति भएको भनिएको थियो । यतिसम्म कि, उनीहरुसँगै रास्वपा परित्याग गरेकी सुमन श्रेष्ठ र जेनजी आन्दोलनबाट नवपुस्ताको नेतृत्वको रूपमा उदाएका सुदन गुरुङ पनि उक्त पार्टीमा सहभागी हुने निश्चित भएको थियो ।

आइतबार कुलमान घिसिङको घरमा भेट भएर नेताहरुले सोमबार नयाँ दल दर्ता गर्ने सहमति गरेका थिए । तर साँझ हुँदा उक्त सहमति उल्टियो । खासगरी पार्टीको नाम र नेतृत्वमा कसलाई अगाडि सार्ने भन्नेमा नेताबीच मतभेद भएपछि सहमति भाँडिएको हो । कुलमानका पक्षकाले अरुलाई नेता मान्न नसकिने बताएपछि तनाव सुरु भएको थियो ।

आइतबार बिहानको बैठकमा कुलमानका केही समर्थकले पार्टीको नाम उज्यालो नेपाल अभियान नै राखेर जानुपर्ने अडान लिएका थिए । तर सुदन, सुमना र बालेनले भने जेनजी आन्दोलनलाई उक्त नामल प्रतिनिधित्व नगर्ने भन्दै पार्टीको नाम अर्कै राख्नुपर्ने बताएका थिए ।

उनीहरूले तत्कालको नेतृत्व नयाँ पुस्ता जेनजी सहित सहिद परिवार र अन्यबाट हुनुपर्नेसँगै देशभरका जेनजीको भावना अनुसार काम गर्नुपर्ने अडान राखेका थिए । बिहान ऊर्जामन्त्री घिसिङले यो अडान मानेको तर साँझ उनका केही समर्थक र बाहिरबाट हायर गरिएका मान्छेले सहमति तोडाएको आरोप लागेको छ ।

काठमाडौं महानगरका मेयर बालेन, पूर्व सांसद श्रेष्ठ र गुरुङले भने यो कुरा स्वीकारेका छैनन् । उनीहरुले नामभन्दा पनि अरु नै विषयमा कुरा नमिलेको बताइरहेका छन् । कुलमानले अन्य तीन नेताको भन्दा पनि आफ्ना आसेपासेको कुरा बढी सुनेपछि समस्या भएको बताइएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT