Techie IT
Monday, November 10, 2025 | सोमबार, कात्तिक २४, २०८२
२०८२ कात्तिक २४, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रएमालेसँगै कांग्रेस पनि संसद पुनःस्थपनाकै पक्षमा उभियो, चलायो हस्ताक्षर अभियान

एमालेसँगै कांग्रेस पनि संसद पुनःस्थपनाकै पक्षमा उभियो, चलायो हस्ताक्षर अभियान


काठमाडौं । एमालेसँग नेपाली कांग्रेस पनि संसद पुनःस्थापनाकै पक्षमा उभिएको छ । एमालेले संसद् पुनःस्थापनाका लागि अदालतमा रिट लिएर जाने तयारी गरिरहेका बेला कांग्रेसका तत्कालीन सांसदले पनि हस्ताक्षर अभियान थालेको हो ।

प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी रिटउपर संवैधानिक इजलासमा भएको प्रारम्भिक बहसमा प्रत्यक्ष सरोकारवाला सांसदहरूको रिट परेको–नपरेकोबारे कुरा उठेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा सांसदका तर्फबाट रिट लैजाने तयारी भएको हो । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भने पनि कांग्रेसले चुनावमा जाने तयारी गरेको थियो ।

तर, प्रतिनिधिसभा पुनःस्थापनाका लागि सर्वोच्च अदालत जानेबारे सिंगापुरमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र ओलीबीच पटक–पटक कुराकानी भएको नेताहरूले बताएका छन् । देउवाको निर्देशनपछि प्रतिनिधिसभामा तत्कालीन कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले हस्ताक्षर संकलन सुरु गरिसकेका छन् । घिमिरेका अनुसार आइतबारसम्म ३५ सांसदले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर गर्नेमा संस्थापन पक्षका सदस्य धेरै छन् । प्रारम्भिक दिनमा संसद् पुनःस्थापनाको पक्षमा वकालत गरेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला पछिल्लो समय भने पुनःस्थापनाले भन्दा निर्वाचनले राजनीतिक निकास दिने बताउन थालेका छन् । यता एमाले अध्यक्षले सानेपामा २८ असोजदेखि चलिरहेको कांग्रेस बैठकमा पनि चासो दिइरहेका छन् ।

ओलीले कांग्रेस सभापति देउवामार्फत संसद् पुनःस्थापनाको मुद्दामा सँगै अघि बढ्नुपर्ने बताउँदै आएका छन् । ओलीका कुरामा देउवा सकारात्मक भएरै हस्ताक्षर गर्न लगाइएको कांग्रेसका एक पदाधिकारीको भनाइ छ ।

यद्यपि देउवाले केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै निर्वाचनमा जानुपर्ने धारणा राखेका थिए । संविधानलाई कम क्षति हुने गरेर राष्ट्रपतिले तत्कालीन संकटबाट निकास निकालेको भन्दै देउवाले धन्यवादसमेत दिएका थिए । विघटित प्रतिनिधिसभामा एमालेका प्रमुख सचेतक रहेका महेश बर्तौलाले रिट लैजाने प्रयोजनका लागि एमालेले पनि बिहीबारदेखि हस्ताक्षर संकलन थालेको पुष्टि गरेका छन् ।

संयुक्त रिट लिएर जाने कि एक्लाएक्लै भन्नेमा विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेससँग पनि सरसल्लाह भइरहेको बर्तौलाको भनाइ छ । एमालेले प्रतिनिधिसभा पुनःस्थापनाको एजेन्डा पहिलो प्राथमिकतामा राखे पनि निर्वाचनको मुद्दालाई भने अझै छाडिसकेको छैन ।

चुनाव हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर एमालेले देशभर जनजागरण अभियानमार्फत संगठनात्मक अभियान पनि चलाइरहेको छ । एमालेले जेन–जी पुस्तालाई समेटेर वडा र टोलस्तरसम्म डिजिटल फोर्स गठनको देशव्यापी अभियान नै चलाइरहेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

डोल्मा इम्प्याक्ट फन्डलाई लाभकर छुट दिएको विषयले तनाव

काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार विवादै विवादको भुमरीमा फसेको छ । जेन–जी आन्दोलनको राप–तापबाट बनेको कार्की नेतृत्वको सरकार

आईजी खापुङले ओली र लेखकलाई जोगाउन खोजेको भन्दै आलोचना

नेपाल प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङले भदौ २३ गतेको जेन जी आन्दोलनमा गोली चलाउनका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र

देउवाले सिंगापुरबाटै दिए कडा निर्देशन– विशेष महाधिवेशन नगर्नू, गर्नै परे…

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापनका नेताहरूलाई विशेष महाधिवेशन नगर्न निर्देशन दिएका छन् । विशेष महाधिवेशन माग गर्दै

अष्ट्रेलियाका पत्रकार विकास पौडेल ‘उदास’बाट मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग

चितवन । अष्ट्रेलियामा रहेर नेपाली समुदायका समाचार र सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका पत्रकार विकास पौडेल ‘उदास’ले चितवनको भरतपुर–११, गणेशस्थानस्थित

सामाजिक सञ्जालमा सोविता गौतमसँग तुलना हुनथाल्यो ज्योति मगरको, गौतमको भन्दा…

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा गायिका ज्योति मगरको चर्चा व्यापक छ । खासगरी राजनीतिक विषयमा दिएका सुझबुझपूर्ण तर्कका कारण

थापाथलीमा चल्यो बालेनको डोजर, राम मन्दिर परिसर मिचेर बनाइएका घरटहरा…

काठमाडौं । काठमाडौं महानगरपालिकाको डोजरले थापाथलीस्थित राम मन्दिर क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका घरटहरा भत्काएको छ । शुक्रबार दिउँसो महानगरकोक

Techie IT