Techie IT
Thursday, June 11, 2026 | बिहीबार, जेठ २८, २०८३
२०८३ जेठ २८, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रएमालेसँगै कांग्रेस पनि संसद पुनःस्थपनाकै पक्षमा उभियो, चलायो हस्ताक्षर अभियान

एमालेसँगै कांग्रेस पनि संसद पुनःस्थपनाकै पक्षमा उभियो, चलायो हस्ताक्षर अभियान


काठमाडौं । एमालेसँग नेपाली कांग्रेस पनि संसद पुनःस्थापनाकै पक्षमा उभिएको छ । एमालेले संसद् पुनःस्थापनाका लागि अदालतमा रिट लिएर जाने तयारी गरिरहेका बेला कांग्रेसका तत्कालीन सांसदले पनि हस्ताक्षर अभियान थालेको हो ।

प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी रिटउपर संवैधानिक इजलासमा भएको प्रारम्भिक बहसमा प्रत्यक्ष सरोकारवाला सांसदहरूको रिट परेको–नपरेकोबारे कुरा उठेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा सांसदका तर्फबाट रिट लैजाने तयारी भएको हो । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भने पनि कांग्रेसले चुनावमा जाने तयारी गरेको थियो ।

तर, प्रतिनिधिसभा पुनःस्थापनाका लागि सर्वोच्च अदालत जानेबारे सिंगापुरमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र ओलीबीच पटक–पटक कुराकानी भएको नेताहरूले बताएका छन् । देउवाको निर्देशनपछि प्रतिनिधिसभामा तत्कालीन कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले हस्ताक्षर संकलन सुरु गरिसकेका छन् । घिमिरेका अनुसार आइतबारसम्म ३५ सांसदले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर गर्नेमा संस्थापन पक्षका सदस्य धेरै छन् । प्रारम्भिक दिनमा संसद् पुनःस्थापनाको पक्षमा वकालत गरेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला पछिल्लो समय भने पुनःस्थापनाले भन्दा निर्वाचनले राजनीतिक निकास दिने बताउन थालेका छन् । यता एमाले अध्यक्षले सानेपामा २८ असोजदेखि चलिरहेको कांग्रेस बैठकमा पनि चासो दिइरहेका छन् ।

ओलीले कांग्रेस सभापति देउवामार्फत संसद् पुनःस्थापनाको मुद्दामा सँगै अघि बढ्नुपर्ने बताउँदै आएका छन् । ओलीका कुरामा देउवा सकारात्मक भएरै हस्ताक्षर गर्न लगाइएको कांग्रेसका एक पदाधिकारीको भनाइ छ ।

यद्यपि देउवाले केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै निर्वाचनमा जानुपर्ने धारणा राखेका थिए । संविधानलाई कम क्षति हुने गरेर राष्ट्रपतिले तत्कालीन संकटबाट निकास निकालेको भन्दै देउवाले धन्यवादसमेत दिएका थिए । विघटित प्रतिनिधिसभामा एमालेका प्रमुख सचेतक रहेका महेश बर्तौलाले रिट लैजाने प्रयोजनका लागि एमालेले पनि बिहीबारदेखि हस्ताक्षर संकलन थालेको पुष्टि गरेका छन् ।

संयुक्त रिट लिएर जाने कि एक्लाएक्लै भन्नेमा विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेससँग पनि सरसल्लाह भइरहेको बर्तौलाको भनाइ छ । एमालेले प्रतिनिधिसभा पुनःस्थापनाको एजेन्डा पहिलो प्राथमिकतामा राखे पनि निर्वाचनको मुद्दालाई भने अझै छाडिसकेको छैन ।

चुनाव हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर एमालेले देशभर जनजागरण अभियानमार्फत संगठनात्मक अभियान पनि चलाइरहेको छ । एमालेले जेन–जी पुस्तालाई समेटेर वडा र टोलस्तरसम्म डिजिटल फोर्स गठनको देशव्यापी अभियान नै चलाइरहेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

चाँगुनारायणको सोमलिंगेश्वर महादेव मन्दिर पुनर्निर्माण सम्पन्न, हनुमानको मूर्ति स्थापना

भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको चाँगुनारायण मन्दिर परिसरमा रहेको श्री सोमलिंगेश्वर महादेव मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ ।

दुवै मिर्गौला फेल भएपछि तिमल्सिना तनावमा, उपचार खर्चका लागि याचना

काठमाडौं । सिन्धुपाल्चोकको सुशनकोशी गाउँपालिका– ७ कापिङका रामशरण तिमल्सिना लामो समयदेखि दुवै मिर्गौला फेल भएर निरन्तर उपचारमा छन् । तर

अचाक्ली बढ्यो महंगी, फेरि गाडीभाडा बढाउने तयारी

काठमाडौं । पछिल्लो समय अस्वभाविक रुपमा महंगी बढेको छ । इन्धनको मूल्य बढेसँगै बजारमा हरेक सामानको मूल्य अस्वभाविक बढेको हो

विद्युतीय सवारी रूपान्तरणतर्फ नेपालस् अवसर, चुनौती र अपेक्षा

काठमाडौं । नेपाल सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीयमा रूपान्तरण गर्ने नीति अघि सारेसँगै देशमा ऊर्जा, वातावरण

Techie IT