Techie IT
Monday, July 27, 2026 | सोमबार, साउन ११, २०८३
२०८३ साउन ११, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रकांग्रेसलाई बिच्काएर एमालेले हातमा पार्यो मुख्यमन्त्री, होटलमा रातारात सपथ

कांग्रेसलाई बिच्काएर एमालेले हातमा पार्यो मुख्यमन्त्री, होटलमा रातारात सपथ


काठमाडौं । मधेस प्रदेशमा सरकार गठनको विषयमा रमिता भएको छ । यतिसम्म कि, मुख्यमन्त्रीले रातारात होटलमा पुगेर नवनियुक्त मुख्यमन्त्रीलाई सपथ गराएकी छन् । र, त्यसको विरोधमा विपक्षीहरुले मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका छन् ।

यससँगै विपक्षी दलहरु अदालत जाने तयारीमा जुटिरहेका छन् । हो, मधेश प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवको नियुक्तिसँगै मधेश प्रदेशको सत्ता राजनीति निकै गर्माएको छ । अब मधेशमा एमाले भर्सेस मधेश केन्द्रित दलहरूको गठबन्धनबीच रस्साकस्सी चल्ने देखिएको छ ।

यसमा कांग्रेसको भूमिका के हुन्छ रु भन्ने पनि चासोको विषय बनेको थियो । यसअघि सत्ता साझेदारीमा एमालेसँगै रहेको कांग्रेस हिजो साँझ भने मधेश केन्द्रित दलहरूको गठबन्धनमा पुगेको थियो । मुख्यमन्त्रीले एमालेका यादवले ठूलो दलको हिसाबमा मुख्यमन्त्री नियुक्त गरेकी हुन् । मधेसमा एमालेको कुल २९ सिट रहेको छ ।

सरकारलाई बहुमत पुर्याउन ५४ सिट चाहिन्छ । त्यसैले, कांग्रेससहित साना दलको साथ एमालेलाई अपरिहार्य छ । त्यसैले एमालेसँग कांग्रेस पनि बिच्किएको अहिलेकै अवस्थामा यादवले विश्वासको मत पाउने सम्भावना छैन ।

त्यसपछि के हुन्छ रु अहिले नै भन्न सकिने अवस्था छैन । मधेश प्रदेशमा पहिलोपटक एमाले संसदीय दलको नेता मुख्यमन्त्री नियुक्त भएका हुन् । ०७४ को चुनावपछि मधेश प्रदेशमा कांग्रेस र एमाले सत्ता नेतृत्वमा पुग्न सकेका थिएनन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT