Techie IT
Friday, June 12, 2026 | बिहीबार, जेठ २८, २०८३
२०८३ जेठ २८, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररास्वपामा बाबुरामको दाउ: सके आफैं पार्टी सभापति, नसके छोरीलाई सांसद बनाउने

रास्वपामा बाबुरामको दाउ: सके आफैं पार्टी सभापति, नसके छोरीलाई सांसद बनाउने


काठमाडौं । नेपाली राजनीतिमा अति नै अश्थिर र वैचारिक विचलन भएका नेताको पहिचान बनाएका बाबुराम भट्टराईले पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा आँखा लगाएका छन् । कुनै बेला माओवादी अध्यक्ष प्रचण्डका सहयात्री भट्टराईले नयाँ शक्ति खोलेर वैकल्पिक राजनीतिक दलको अभ्यास गरे । तर त्यसपछि पनि अनेक पार्टी र संगठन गठन, विघठन गरेका बाबुरामले पछिल्लो समय रास्वपामा आँखा लगाएका हुन् ।

कम्युनिस्ट विचारधाराबाट समेत च्युत भएका बाबुराम अहिले जसरी पनि रवि लामिछानेलाई जेलबाट निकाल्नुपर्ने बताइरहेका छन् । सहकारी ठगीको अभियोगमा अदालतले नै पुर्पक्षका लागि थुनामा राखेका लामिछानेलाई जसरी पनि जेलबाट निकालेर उनकै नेतृत्वमा वैकल्पिक पार्टी बनाउनुपर्ने भनेर बाबुरामले भन्नुलाई सामान्य मान्न सकिँदैन । यसको पछाडि बाबुरामका आफ्नै स्वार्थ छन् । पछिल्लो समय कतै पनि नबिकेका र नटिकेका बाबुरामको मूल स्वार्थ भनेको रास्वपामा प्रवेश गर्ने र त्यहीं पार्टीको सभापति हुने भन्ने हो । बाबुलाई थाहा छ कि, अहिलेनै रवि जेलमुक्त हुँदैनन् । त्यसैले रविलाई जेलबाट निकाल्नु पर्छ भनेकै भरमा बाबुराम रास्वपाका कार्यकर्ताको मन जित्न चाहन्छन् ।

रास्वपाभित्र पनि रवि लामिछानेपछिको उत्तराधिकारीको बारेमा विवाद छ । खासगरी स्वर्णिम वाग्ले र डिपी अर्यालबीच विवाद बढिरहेकै बेला बाबुरामले रास्वपाभित्र आफ्नो सुरक्षित स्थान खाजेका हुन् । रास्वपाको सभापतिमा कुलमान घिसिङलाई ल्याउने चर्चा चलिरहेकै बेला बाबुरामले रविको पक्ष लिनुलाई महत्वपूर्ण ढंगमा बुझिएको छ । यसरी सकेसम्म रास्वपा छिरेर रास्वपाकै सभापति हुने र नसकेपछि गोरखाबाट छोरी मानुषी यमीलाई सांसद उठाएर जिताउने वा समानुपातिक सूचीको माथिनै छोरीको नाम राख्ने योजनामा छन् ।

कतिपयलाई बाबुराम भट्टराईले देश र जनताप्रति उत्तरदायी भएर वैकल्पिक राजनीतिक दलको रुपमा रास्वपालाई स्वीकारेको भन्ने लाग्नसक्छ । तर बाबुराम स्वार्थ देशहीत र नागरिकको पक्षमा भन्दा पनि आफ्नै र आफ्नै पारिवारिक विरासतको रक्षामा केन्द्रित छ । हुनत रास्वपा छिरेर बाबुरामले सजिलै सभापति पाउने होइनन् । यो कुरा उनलाई पनि राम्रैसँग थाहा छ । तर, अबको राजनीतिलाई कता मोड्ने भन्ने चिन्ताले बाबुलाई यो मोडमा ल्याइपुर्याएको हो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

Techie IT