Techie IT
Monday, July 27, 2026 | सोमबार, साउन ११, २०८३
२०८३ साउन ११, सोमबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रसुनकोशी गाउँपालिकाले दिएको मिनीटेलर दुरुपयोग भएको शंका

सुनकोशी गाउँपालिकाले दिएको मिनीटेलर दुरुपयोग भएको शंका


सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा कृषकहरूलाई उत्पादन वृद्धिका उद्देश्यले वितरण गरेको मिनीटिलर (साना ट्र्याक्टर) सम्बन्धी महत्त्वपूर्ण सूचना जारी गरेको छ। गाउँपालिकाले जारी गरेको सूचनामा मिनीटिलर प्राप्त गर्ने लाभग्राहीहरूले उक्त सामग्रीको सही सदुपयोग नगरेको वा बिक्री गरेको आशंका व्यक्त गरिएको छ।

गाउँपालिकाका अनुसार नियमानुसार आवश्यक कागजातसहित मिनीटिलर वितरण गरिएको भए पनि हाल सामाजिक सञ्जालमा विभिन्न टिप्पणी तथा प्रतिक्रियाहरू आउन थालेपछि पालिकाले यस विषयमा ध्यानाकर्षण गराएको हो। सूचनामा भनिएको छ, ‘मिनीटिलर सम्पूर्ण लाभग्राहीहरूले सही ढङ्गले प्रयोग गरिरहेको भन्ने अपेक्षा गरिएको भए पनि केही लाभग्राहीहरूले बिक्री गरेको वा अन्यत्र प्रयोग गरेको भन्ने जानकारी पाइएकाले, यस्ता गतिविधि कानुन र नियम विपरीत भएकाले सम्बन्धित पक्षलाई कारबाही हुने व्यवस्था लागू हुनेछ।’

नियम विपरीत मिनीटिलर बिक्री वा दुरुपयोग गरेको पाइएमा कानुनी प्रक्रिया अनुसार कारबाही हुने स्पष्ट चेतावनी गाउँपालिकाले दिएको छ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

Techie IT