गृहपृष्ठ ∕ समाचारपत्र ∕ सुनकोशी गाउँपालिकाले दिएको मिनीटेलर दुरुपयोग भएको शंका सुनकोशी गाउँपालिकाले दिएको मिनीटेलर दुरुपयोग भएको शंका मदन भण्डारी बिहीबार, २०८२ कात्तिक १३ गते, १६:५० मा प्रकाशित समाचारपत्र सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा कृषकहरूलाई उत्पादन वृद्धिका उद्देश्यले वितरण गरेको मिनीटिलर (साना ट्र्याक्टर) सम्बन्धी महत्त्वपूर्ण सूचना जारी गरेको छ। गाउँपालिकाले जारी गरेको सूचनामा मिनीटिलर प्राप्त गर्ने लाभग्राहीहरूले उक्त सामग्रीको सही सदुपयोग नगरेको वा बिक्री गरेको आशंका व्यक्त गरिएको छ। गाउँपालिकाका अनुसार नियमानुसार आवश्यक कागजातसहित मिनीटिलर वितरण गरिएको भए पनि हाल सामाजिक सञ्जालमा विभिन्न टिप्पणी तथा प्रतिक्रियाहरू आउन थालेपछि पालिकाले यस विषयमा ध्यानाकर्षण गराएको हो। सूचनामा भनिएको छ, ‘मिनीटिलर सम्पूर्ण लाभग्राहीहरूले सही ढङ्गले प्रयोग गरिरहेको भन्ने अपेक्षा गरिएको भए पनि केही लाभग्राहीहरूले बिक्री गरेको वा अन्यत्र प्रयोग गरेको भन्ने जानकारी पाइएकाले, यस्ता गतिविधि कानुन र नियम विपरीत भएकाले सम्बन्धित पक्षलाई कारबाही हुने व्यवस्था लागू हुनेछ।’ नियम विपरीत मिनीटिलर बिक्री वा दुरुपयोग गरेको पाइएमा कानुनी प्रक्रिया अनुसार कारबाही हुने स्पष्ट चेतावनी गाउँपालिकाले दिएको छ। #सुनकोशी गाउँपालिका तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार विद्रोहको औचित्य थिएन भन्नु केपी ओलीको सामु आत्मसमर्पण गर्नु जस्तै… काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँग एकताको कुरा गर्ने नेताहरूलाई पार्टी छोडेर जान चुनौती दिएका छन् । प्रधानमन्त्रीले आज राजनीतिक दल र जेनजीका प्रतिनिधिसँग छलफल गर्ने प्रधानमन्त्री सुशीला कार्कीले बुधबार राजनीतिक दल र जेनजीका प्रतिनिधिसँग छलफल गर्दैछिन्। नेपाली नागरिकलाई आवश्यक दैनिक उपभोग्य वस्तुहरू घरमा राख्न आग्रह सामाजीक अभियान्ता दुर्गा प्रसाईंले व्यवस्था परिवर्तनको माग राख्दै मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका छन्। सर्वोच्च अदालतले पनि जेन जी आन्दोलनमा भएको आगजनी र लुटपाटविरुद्ध… काठमाडौं । सर्वोच्च अदालतले जेन–जी आन्दोलनमा भएको आगजनी, तोडफोड र लुटपाटविरुद्ध प्रहरीमा जाहेरी दिने भएको छ । सर्वोच्चले दुई दिनभित्रै जेन–जी आन्दोलनमा अराजकता मच्चाउने २४६ जना पक्राउ काठमाडौं । भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा अराजक गतिविधि गर्ने २४६ जनालाई प्रहरीले पक्राउ गरी आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन गुम्बाको सहर भनिने यो क्षेत्रमा ह्योल्मो जातिको बाहुल्यता छ, जहाँको विशिष्ट संस्कृति, आतिथ्य सत्कार र प्राकृतिक सुन्दरताले आगन्तुकलाई आकर्षित गर्ने लोकप्रिय १ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन २ युवराज खत्रीद्वारा निर्देशित म्युजिक भिडिओ ‘फर्केर छिट्टै आउनेछु’ सार्वजनिक (भिडिओसहित) ३ एमाले अध्यक्ष ओलीलाई पक्रन गृहमन्त्रीले नै बढाए दौडधुप, कस्ता मुद्दा कसरी लगाउने भन्नेमा अन्योल ४ जेन जी आन्दोलनलाई टीओबीले अराजक बनाएको प्रहरीको प्रारम्भिक निष्कर्ष ५ गृहमन्त्री फेर्न प्रधानमन्त्रीलाई बालेनको दबाब ६ रास्वपाको सचिवालय विस्तारप्रति तोषिमाको कडा आपत्ति ७ काठमाडौं महानगरको कार्यपालिका बैठकमा मेयर बालेन र वडाध्यक्ष तण्डुकारबीच चर्को भनाभन ८ हायात होटलका कर्मचारीलाई गेटबाटै फर्काइयो, पुनर्निर्माण सकिएपछि फिर्ता बोलाइने