Techie IT
Thursday, June 4, 2026 | बिहीबार, जेठ २१, २०८३
२०८३ जेठ २१, बिहीबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रप्रधानमन्त्रीले आज राजनीतिक दल र जेनजीका प्रतिनिधिसँग छलफल गर्ने

प्रधानमन्त्रीले आज राजनीतिक दल र जेनजीका प्रतिनिधिसँग छलफल गर्ने

त्रिपक्षीय छलफलमा जेनजीका १४ र राजनीतिक दलका १६ जना प्रतिनिधि सहभागी हुने


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार राजनीतिक दल र जेनजीका प्रतिनिधिसँग छलफल गर्दैछिन्। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बस्न लागेको त्रिपक्षीय छलफलमा जेनजीबाट १४ जना सहभागी हुने भएका छन् । छलफल प्रधानमन्त्री निवास बालुवाटारमा हुन् लागेको हो ।

त्रिपक्षीय छलफलमा सरकारको तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदिश खरेल उपस्थित हुनेछन् । जेनजीबाट १४ जना र बिभिन्न राजनीतिक दलका १६ जना नेता सहभागी हुनेछन् । जेनजीको आन्दोलनपछि बदलिएको परिस्थितिमा त्रिपक्षीय छलफल पहिलो पटक हुन लागेको हो ।

कार्कीको नेतृत्वमा २७ भदौमा अन्तरिम सरकार बने पछि आज पहिलो पटक त्रिपक्षीय छलफल हुन लागेको हो । सरकारले यसअघि जेनजी र राजनीतिक दलका नेताहरूसँग छुट्टाछुट्टै रुपमा छलफल गर्दै आएको थियो । आज भने सरकार, जेनजी र राजनीतिक दलका प्रतिनिधि संयुक्त छलफलमा बस्न लागेका हुन् । यसअघि यही कात्तिक ४ गते प्रधानमन्त्री कार्कीले बालुवाटारमै सर्वदलीय बैठक राखेकी थिइन् ।

त्यसअगाडि गत असोज २४ गते राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक राखेका थिए । कतिपयले चुनाव हुनेमा संका व्यक्त गरिरहेका बेला सरकारले भने चुनावको वातावरण बनाउने प्रयास अन्तर्गत छलफल गर्दै आएको जनाएको छ ।

सरकार भने जसरी भएपनि चुनाब गर्नुपर्छ भन्ने लाईनमा छ । प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री भएपछि पहिलो पटक औपचारिक रुपमा त्रिपक्षीय छलफल राखेकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते चुनाव गर्ने गरी कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्। त्सैले गर्दा पनि होला अहिलेको सरकारले फागुन २१ गते चुनाव गराउन संघष गरीरहको बुझिन्छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

चाँगुनारायणको सोमलिंगेश्वर महादेव मन्दिर पुनर्निर्माण सम्पन्न, हनुमानको मूर्ति स्थापना

भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको चाँगुनारायण मन्दिर परिसरमा रहेको श्री सोमलिंगेश्वर महादेव मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ ।

दुवै मिर्गौला फेल भएपछि तिमल्सिना तनावमा, उपचार खर्चका लागि याचना

काठमाडौं । सिन्धुपाल्चोकको सुशनकोशी गाउँपालिका– ७ कापिङका रामशरण तिमल्सिना लामो समयदेखि दुवै मिर्गौला फेल भएर निरन्तर उपचारमा छन् । तर

अचाक्ली बढ्यो महंगी, फेरि गाडीभाडा बढाउने तयारी

काठमाडौं । पछिल्लो समय अस्वभाविक रुपमा महंगी बढेको छ । इन्धनको मूल्य बढेसँगै बजारमा हरेक सामानको मूल्य अस्वभाविक बढेको हो

विद्युतीय सवारी रूपान्तरणतर्फ नेपालस् अवसर, चुनौती र अपेक्षा

काठमाडौं । नेपाल सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीयमा रूपान्तरण गर्ने नीति अघि सारेसँगै देशमा ऊर्जा, वातावरण

मेलबर्नमा शब्द, स्वर र संवेदनाको संगम — ‘क्यानभास १ :…

मेलबर्न । मेलबर्नको शान्त साँझ, द सोभेरियन रिसेप्सनको हलमा झुल्किएको मधुर प्रकाश, अनि बिस्तारै भरिँदै गएको नेपाली मनहरूको भीड—त्यही परिवेशमा

Techie IT