Techie IT
Monday, July 27, 2026 | सोमबार, साउन ११, २०८३
२०८३ साउन ११, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसंसद पुनःस्थापनाको पक्षमा मोडियो राजनीतिक माहोल

संसद पुनःस्थापनाको पक्षमा मोडियो राजनीतिक माहोल

भोलिदेखि निरन्तर सुनुवाइ, १० दिनभित्र फैसला आउने


काठमाडौं । संसद विघटनविरुद्ध परेका रिटउपर बुधबारदेखि संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुने भएको छ । र, पछिल्ला राजनीतिक घटनाक्रम र विगतका नजिरका आधारमा संसद पुनःस्थापना हुने सम्भावना प्रबल भएको छ । आगामी फागुन २१ गते चुनाव गर्ने जिम्मेवारीसहित बनेको अहिलेको अन्तरिम सरकारको काम गराइले नै संसद पुनःस्थापना हुने संभावनालाई बढाएको हो ।

निर्वाचन आयोगको तयारी, दलहरुको असन्तुष्टि, दल र सरकारबीच बढ्दो दुरी र सरकारका अनेक विवादित कामका कारण उक्त मितिमा चुनाव नहुने निश्चित जस्तै भएको हो । अब समयमै चुनाव नभए मुलुक झन ठूलो शून्यतातिर जाने भएकाले संसद पुनःस्थापना भइदिएहुन्थ्यो भन्ने जनचाहना पनि बढ्दो छ ।

खासगरी संसद पुनःस्थापना भएर सर्वदलीय सरकार बनाउने अनि त्यहीं सरकारले अर्ली इलेक्सन गराउने कुरामा धेरैको मौन समर्थन रहेको बुझिएको छ । अहिलेकी प्रधानमन्त्री सुशीला कार्की पनि अहिलेको अप्ठेरो अवस्थाको जिम्मा दलहरुलाई लगाएर पन्छन खोजेको बुझिएको छ । सर्वोच्च अदालतले पनि विगतको नजिरसँगै देशको आवश्यकताका हिसाबले संसद ब्युताउने सम्भावना अत्यधिक छ ।

समयमै चुनाव नभएर देश लामो संक्रमणकालतिर धकेलिने खतरा भएकाले सर्वोच्चले पनि संसद ब्युताउने सम्भावना बढाएको हो । यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जसरी संसद विघटन प्रस्ताव गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई सदर गरेकी थिइन्, अहिले प्रधानमन्त्री सुशीला कार्कीले गरेको सिफारिसकै आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गरेका हुन् ।

यसअर्थमा स्पष्ट नजीर छ कि, प्रधानमन्त्रीको सिफारिसमा भएको संसद विघटनलाई सर्वोच्चले बदर गरिदिन्छ । कतिपयले भन्ने गरेका छन्, अहिलेको संसद विघटन आवश्यकताको सिद्दान्तको आधारमा बनेको हो । अर्थात् आन्दोलनको बलमा संसद विघटन भएकाले सर्वोच्चले उल्ट्याउन सक्दैन । तर, यो सत्य होइन ।

किनकि अदालतले कुनै पनि फैसला गर्दा भीडलाई हेरेर गर्दैन, गर्नु पनि हुँदैन । अझ यहाँ बुझनुपर्ने महत्वपूर्ण कुरा के छ भने– यदि संकटकाल लगाएर संसद विघटन गरेको भए सर्वोच्चबाट पनि सदर हुने संभावना बलियो हुने थियो । तर, यहाँ त्यसो गरिएन । राष्ट्रपतिकै भाषामा भन्ने हो भने ‘बढो जुक्ति लगाएर’ संकटकाल नलगाइ संसद विघटन गरियो ।

अर्थात् संसद पुनःस्थापना हुने प्रशस्त ठाउँ राखेरै संसद विघटन गरिएको छ । यससँगै प्रश्न उठ्न थालेको छ कि, त्यति ठूलो जेन जी आन्दोलनको औचित्य के थियो ? के केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाएर सुशीला कार्कीलाई कामचलाउ प्रधानमन्त्री बनाउनुनै आन्दोलनको उपलब्धी हो त ? र, सुशीला कार्कीले फागुन २१ गतेभित्र चुनाव गराउन सकिनन् भने चाहिँ के हुन्छ ? त्यसैले यी सबै अन्योलको समाधानका लागि संसद ब्युताइने र त्यसपछि अर्ली इलेक्सन हुने सम्भावना बढेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT