Techie IT
Monday, July 27, 2026 | सोमबार, साउन ११, २०८३
२०८३ साउन ११, सोमबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रआहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन

आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन


सिन्धुपाल्चोकको शान्तिभूमि मानिने हेलम्बु क्षेत्र धार्मिक, सांस्कृतिक र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । गुम्बाको सहर भनिने यो क्षेत्रमा ह्योल्मो जातिको बाहुल्यता छ, जहाँको विशिष्ट संस्कृति, आतिथ्य सत्कार र प्राकृतिक सुन्दरताले आगन्तुकलाई आकर्षित गर्ने गरेको छ।

हेलम्बु गाउँपालिका–१ मा अवस्थित आमायाङ्री पछिल्ला दिनमा आन्तरिक र बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ। समुद्री सतहदेखि ३७७१ मिटरको उचाइमा रहेको आमायाङ्री मुलुकको राजधानी काठमाडौंबाट नजिकैको उत्कृष्ट पदयात्रा तथा धार्मिक गन्तव्यका रूपमा परिचित बन्दै गएको हो।

काठमाडौंबाट करिब ४ देखि ५ घण्टाको यात्रा पश्चात आमायाङ्रीको बेसक्याम्प पुग्न सकिन्छ। तर, हेलम्बु–१ तार्केघ्याङसम्मको सडक अवस्था ठिक भए पनि तार्केघ्याङबाट बेसक्याम्पसम्म पुग्ने बाटो केही अफ्ट्यारो रहेको छ। सो मार्गमा मोटरसाइकलको यात्रामा केही कठिनाइ हुने गरेको ललितपुरबाट आएका एक पर्यटकले गुनासो गरेका छन्।

आमायाङ्री बेसक्याम्प बाट थप २ घण्टाको उकालो पदयात्रा गरेपछि आमायाङ्री शिखरमा पुगिन्छ, जहाँबाट वरिपरिका हिमशृङ्खलाहरू, हरियाली फाँट र सुन्दर बस्तीहरूको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ।

बिहानको सुर्योदय र साँझको सूर्यास्त यहाँका मुख्य आकर्षण हुन्। शान्त वातावरण, प्राकृतिक सुन्दरताको संगम र छोटो दूरीका कारण आमायाङ्री हाल राजधानी नजिकैको प्रमुख गन्तव्यका रूपमा पर्यटकहरूको रोजाइमा परेको छ।

बिदाको दिन अरु दिनभन्दा धेरै पर्यटक आउने गरेका छन् । यहाँ आउने प्रायः पर्यटकले पहिले नै होटल बुकिङ गरी यात्रा गर्ने गरेका छन्, मोटरसाइकल साथै साना गाडीदेखि ठूला बसहरू समेत रिजर्भ गरेर आउनेहरूको संख्या ह्वात्तै बढेको स्थानीय होटल सञ्चालक बताउँछन्।

स्थानीय पर्यटन व्यवसायीहरूका अनुसार पछिल्ला दिनमा आमायाङ्रीमा आउने आन्तरिक र विदेशी पर्यटकहरूको संख्या निरन्तर बढ्दो क्रममा छ, जसले हेलम्बु क्षेत्रको पर्यटन सम्भावनालाई अझै सुदृढ पार्ने अपेक्षा गरिएको छ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

Techie IT