Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्ररास्वपाको सचिवालयमा किन अटाइनन् तोसिमा, यस्तो छ मापदण्ड पुग्दा पनि उपेक्षामा पर्नुको कारण

रास्वपाको सचिवालयमा किन अटाइनन् तोसिमा, यस्तो छ मापदण्ड पुग्दा पनि उपेक्षामा पर्नुको कारण


काठमाडौं । मापदण्ड पूरा हुँदा पनि रास्वपाको केन्द्रीय नेतृत्वले नेतृ तोषिमा कार्कीलाई सचिवालय सदस्यमा मनोनित गरेन । विस्तार बैठक हुनुभन्दा दुई साताअघि गरिएको मनोनयमा तोषिमा नपरेको कारणबारे धेरैले चासो राखेका छन् ।

विगतमा रास्वपा र पार्टी नेतृत्वको पक्षमा अति कडा ढंगमा प्रस्तुत भएकी तोषिमालाई पछिल्लो समय रास्वपाले किन उपेक्षा गरिरहेको छ रु भन्ने प्रश्न पनि उठ्न थालेको छ । रास्वपाले शनिबार चार नेतालाई सचिवालय सदस्यमा मनोनीत गर्दा तोसिमा कार्की नपरेकी हुन् । केन्द्रीय समितिको भर्चुअल बैठकमा प्रस्तुत मापदण्डका अन्य व्यक्ति सचिवालय सदस्यमा मनोनीत हुँदा त्यही मापदण्डकी कार्कीलाई भने मनोनीत नगरिएको हो ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित हुनेलाई सचिवालयमा मनोनीत गर्ने मापदण्डभित्र उनी पर्थिन् । तर, पार्टी संस्थापनको मान्यता विपरीत धारणा राखेकै कारण सूचीमा नाम भएर पनि उनको नाम काटिएको बुझिएको छ । पार्टी चुनौतीपूर्ण अवस्थामा रहेको र यसको स्वीकार्यता कायम राख्न जेनजी आन्दोलनले उठाएका मान्यता तथा त्यस आन्दोलनसँग सम्बन्धित व्यक्तिलाई पार्टीमा आकर्षित गर्नुपर्ने धारणा उनले बैठकमा राखेकी थिइन् ।

उनको प्रस्तावअनुसार वर्तमान सरकारका ऊर्जा तथा जलस्रोत एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङसहितका व्यक्तिलाई पार्टीमा आउने वातावरण बनाउनुपर्ने विषयलाई पार्टी संस्थापनले अस्वीकार गर्दा कार्की सचिवालय सदस्य हुनबाट वञ्चित भएकी हुन् । यसअघि कार्कीको जस्तै धारणा राख्दै आएकी सुमना श्रेष्ठले पार्टी छोडेर काठमाडौं महानगरका मेयर बालेन साह समूहसँग निकट भएकी छन् ।

पार्टीका कतिपय नेता श्रेष्ठ जसरी नै वहिर्गमित हुने तयारीमा रहेको र कार्कीले पनि त्यही तयारी गरेको बुझिएको छ । यद्यपि कार्कीले उक्तको प्रतिवाद गर्दै आएकी छन् । कुलमान नेतृत्वमा प्रस्तावित उज्यालो नेपाल पार्टीमा रास्वपाका थुप्रै नेता, कार्यकर्ता आबद्ध हुने अनुमान गरिएको छ ।

पार्टी रवि लामिछानेकै नेतृत्वमा र उनको अनुपस्थितिमा डीपी अर्यालकै कार्यवाहक नेतृत्वमा अगाडि बढाउनुपर्ने संस्थापनको मान्यता विपरीत कार्कीले मूल नेतृत्वका रूपमा स्थापित गर्ने गरी घिसिङको प्रस्ताव ल्याएको बताइएको छ । केन्द्रीय समितिको भर्चुअल बैठकले सोबिता गौतम, गणेश पराजुली, शिशिर खनाल र हरि ढकाललाई सचिवालय सदस्य मनोनीत गरेको थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

Techie IT