Techie IT
Thursday, December 4, 2025 | बिहीबार, मंसीर १८, २०८२
२०८२ मंसीर १८, बिहीबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रओली, देउवा र प्रचण्डसँगै आरजु र दीपक खड्काको पनि सम्पत्ति छानबिन थालियो, सम्पूर्ण सरोकारवाला निकायबाट कागजात झिकाइँदै

ओली, देउवा र प्रचण्डसँगै आरजु र दीपक खड्काको पनि सम्पत्ति छानबिन थालियो, सम्पूर्ण सरोकारवाला निकायबाट कागजात झिकाइँदै


काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन पूर्वप्रधानमन्त्री र दुई पूर्वमन्त्रीका नाममा भएका चल–अचल सम्पत्तिको खोजबिन थालेको छ । सार्वजनिक ओहदा दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आशंकामा विभागले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा पूर्वमन्त्रीहरू आरजु राणा देउवा र दीपक खड्काको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको हो ।

छानबिनको दायरामा देउवा पुत्र जयवीरसिंह पनि परेका छन् । विभागले तीन पूर्वप्रधानमन्त्री, दुई पूर्वमन्त्री र जयवीर तथा उनीहरूका नातागोताका नाममा रहेको बचत, लगानी, कम्पनी र कारोबारको सम्बन्धमा विवरण संकलन गरी पेस गर्न नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिस्ट्रार कार्यालयलाई पत्र लेखिसकेको छ ।

त्यस्तै, जग्गाजमिनको विषयमा विवरण संकलन गरी बुझाउन भूमि व्यवस्थापन तथा अभिलेख विभागमा बिहीबार पत्राचार गरिएको छ । पत्रबमोजिम विवरण संकलन भइरहेको सम्बद्ध निकायका अधिकारीले जानकारी दिएका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचारपछि विवरण संकलन गरी पठाउन ७७ वटै जिल्लाका मालपोत कार्यालयलाई निर्देशन दिइएको भूमि व्यवस्थापन विभागले जनाएको छ ।

बैंक–वित्तीय संस्थामा खोलिएका खाता र तिनमा भएको नगद, गरगहना र बैंकिङ कारोबारको विवरण राष्ट्र बैंकसँग मागिएको छ । प्रहरीसँग पनि २४ भदौमा प्रदर्शनकारीले पूर्वप्रधानमन्त्रीद्वय देउवा र दाहाल तथा तत्कालीन मन्त्री खड्काका घरमा भेटिएका जलेका नोटका टुक्रा र खरानीको फरेन्सिक परीक्षणको रिपोर्ट मागिएको छ ।

२४ भदौमा प्रदर्शनकारीले कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली, माओवादी संयोजक दाहाल लगायतका नेताका घरमा आगजनी गरेका थिए । बूढानीलकण्ठस्थित देउवा र खड्काको निवासमा जलेका नोटका टुक्रासहितका भिडियो र तस्बिरहरू सार्वजनिक भएका थिए । त्यस्तै, खुमलटारस्थित दाहालको निवासमा पनि पैसा जलेको दाबी गरिएको छ ।

विभागले ५ असोजमा देउवा र खड्का तथा ७ असोजमा दाहाल निवास पुगेर मुचुल्का कागज तयार पारेको थियो । मुचुल्का विवरण फरेन्सिक जाँचका लागि विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पठाएको थियो । त्यसको प्रतिवेदन ब्युरोले विभागलाई बुझाउन बाँकी छ ।

सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्दा घर तथा ससुरालीतर्फ ३ पुस्तासम्मका आफन्तको सम्पत्ति, कम्पनी र कारोबारको जाँचबुझ हुन्छ । विभिन्न निकायबाट मागिएको विवरण प्राप्त भएपछि दोस्रो चरणको अनुसन्धान हुने र आरोपितसँग बयान लिने तयारी रहेको विभागले जनाएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कांग्रेस एमालेसहित ८९ पार्टीले आय व्यय विवरण बुझाउन बाँकी

काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले सहितका ८९ दलले आय व्यय विवरण बुझाउन बाँकी छ। निर्वाचन आयोगमा विभिन्न ३३ वटा

सिन्धुपाल्चोक एमालेमा महाधिवेशन प्रतिनिधिका लागि चुनाव हुने निश्चित

काठमाडौं । एमालेको आसन्न ११ महाधिवेशनको प्रतिनिधिका लागि अन्यत्रझै सिन्धु्पाल्चोकमा पनि शनिबार मतदान हुँदैछ । सिन्धुपाल्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर

चितवनको ब्याटिङ खराब हुँदा काठमान्डुको तेस्रो जित

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गत १५ औँ खेलमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै काठमान्डु गोर्खाजले प्रतियोगितामा तेस्रो

सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क ३ हजारले…

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्कमा प्रतिव्यक्ति ३ हजार बढाएको छ । यसअघि ६ हजार ५

सिंहदरबार छिर्न खोजेका मिराज ढुंगानाको समूहलाई प्रहरीले हटायो

सिंहदरबार छिर्न खोजेका जेनजी युवाहरुलाई प्रहरीले हटाएको छ । मंगलबार सिंहदरबार प्रवेश गर्न खोजेको जेनजीको एउटा समूहलाई त्यहाँ सुरक्षार्थ खटिएका

सक्रिय राजनीतिमा देउवको कमब्याक, चुनावको टिकट उनैले बाँड्ने

काठमाडौं । कांग्रेसले आगामी निर्वाचनका लागि दल दर्ता गर्दा सभापति शेरबहादुर देउवाकै नाम र हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको छ ।

Techie IT