Techie IT
Saturday, October 18, 2025 | शनिबार, कात्तिक १, २०८२
२०८२ कात्तिक १, शनिबार
swarnapatra logo
गृहपृष्ठब्रेकिङकाठमाडौं महानगरको कार्यपालिका बैठकमा मेयर बालेन र वडाध्यक्ष तण्डुकारबीच चर्को भनाभन

काठमाडौं महानगरको कार्यपालिका बैठकमा मेयर बालेन र वडाध्यक्ष तण्डुकारबीच चर्को भनाभन

स्काउटको विवादित जग्गामा भवन बनाउन लागेकोप्रति जनप्रतिनिधिको आपत्ति, पेलेरै जाने मुडमा बालेन


काठमाडौं । काठमाडौं महानगरपालिकाको ४३औँ नगर कार्यपालिका बैठकमा मेयर बालेन्द्र साह र वडा नम्बर ११ का अध्यक्ष तण्डुकारबीच कार्यालय भवन निर्माणका विषयमा भनाभन भएको छ । बैठकमा वडाध्यक्ष तण्डुकारले महानगरपालिकाको स्थायी भवन नहुँदा कार्यपालिका बैठकसम्म बस्न समस्या भएको बताउँदै तत्काल निर्माण कार्य अघि बढाउन आग्रह गरेका थिए ।

त्यसपछि मेयर साहले तिहारपछि भवन निर्माण थालिने जवाफ फर्काएका थिए । तर पनि वडाध्यक्ष तण्डुकारले अब ढिला गर्न नहुने भन्दै तत्कालै काम सुरू गर्न जोड दिएपछि दुवैबीच भनाभन भएको हो । त्यसक्रममा मेयर साहले व्यङ्ग्य गर्दै भने, ‘भवन छिटो बनाऊँ भन्नु भयो, त्यसो भए के १० दिनको तिहारलाई आजै सक्काउन मिल्छरु’ तण्डुकारले दुई वर्षअघि नै महानगर भवन निर्माणको जिम्मा मेयर साहले लिए पनि अहिलेसम्म काम नदेखिएको टिप्पणी गरेका थिए ।

महानगरको कार्यालय भवन निर्माणबारे पछिल्लो केही समयदेखि विवाद र ढिलाइ भइरहेको छ। बैठकमा यो विषयमा वडाध्यक्ष र मेयरबीच तिखो बहस भएको हो । महानगरको भवन स्काउटको विवादित जग्गामा बनाउन लागेपछि विवाद झन् चर्किएको हो । मेयर साह भने पेलेरै भए पनि स्काउटको विवादित जग्गामै भवन बनाउने अडानमा छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमाले अध्यक्ष ओलीलाई पक्रन गृहमन्त्रीले नै बढाए दौडधुप, कस्ता मुद्दा…

एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई जसरी पनि पक्रने रणनीतिमा छन्, अहिलेका गृहमन्त्री ओमप्रकाश अर्याल । तर कस्तो मुद्दा

Techie IT