Techie IT
Friday, June 12, 2026 | शुक्रबार, जेठ २९, २०८३
२०८३ जेठ २९, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रजेन जी आन्दोलनमा सुरक्षाकर्मीकै भूमिका सबैभन्दा शंकास्पद, प्रहरी कर्मचारीले नै दिए जाँचबुझ आयोगमा उजुरी

जेन जी आन्दोलनमा सुरक्षाकर्मीकै भूमिका सबैभन्दा शंकास्पद, प्रहरी कर्मचारीले नै दिए जाँचबुझ आयोगमा उजुरी

रबिलाई प्रधानमन्त्री बनाउनकै लागि जेल ब्रेक गराएको खुलासा


काठमाडौं । भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनमा सुरक्षाकर्मीकै भूमिका अतिशंकास्पद देखिएको छ । प्रदर्शनकारीलाई सजिलै संसद भवन छिर्न दिनु, अन्धाधुन्ध गोली चलाउनु, भोलिपल्ट बिहानैदेखि अघोषितरुपमा आन्दोलनकारीसँग आत्मसमर्पण गर्नु र नख्खु जेलबाट रवि लामिछानेलाई विजयी भावमा बाहिर निकाल्नुले प्रहरीको भूमिका शंकास्पद देखाएको हो ।

अझ आन्दोलनबाट पीडित भएका प्रहरी कर्मचारीले नै प्रहरीको भूमिकामाथि शंका गर्दै जाँचबुझ आयोगमा उजुरी दिएपछि उक्त सत्य उदाङ्गो भएको हो । घटनाक्रम र आयोगमा परेको उजुरीबाट प्रष्ट हुन्छ कि, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबि लामिछानेलाई प्रधानमन्त्री बनाउनकै नख्खु कारागारबाट बाहिर निकालिएको थियो ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय छानबिन आयोगमा परेको उजुरीअनुसार लामिछानेको रिहाइ प्रक्रिया भदौ २३ गते तत्कालीन गृहमन्त्री रमेश लेखकको राजीनामा लगत्तै गृहमन्त्रालय र प्रहरी नेतृत्वबीचको छलफलपछि अघि बढाइएको थियो । तत्कालीन उपत्यका प्रहरी प्रमुख एआईजी दानबहादुर कार्की, गृह सचिव गोकर्ण मणि दुवाडी र रास्वपाका कार्यवाहक अध्यक्ष डिपी अर्यालबीच लामो छलफलपछि नख्खु जेल प्रशासनले लामिछानेलाई छुटाएको बताइएको छ ।

भदौ २३ गतेको ‘जेनजी आन्दोलन’ को क्रममा व्यापक भिडन्त हुँदा राजधानीको नयाँ बानेश्वर क्षेत्र रणभूमि बनेको थियो। प्रहरीको गोली प्रहारबाट १९ जनाको मृत्यु भएको र सयौं घाइते भएका थिए। त्यस घटनापछि तत्कालीन गृहमन्त्री रमेश लेखकले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका थिए। युद्धस्तरको तनावबीच भदौ २४ बिहान एआईजी कार्कीले कुनै हालतमा गोली नचलाउने र थुनुवा छोड्ने आदेश जारी गरेपछि काठमाडौं उपत्यकामा सुरक्षा निकायको मनोबल कमजोर भएको थियो ।

उक्त आदेशपछि केही थुनुवाले प्रहरी कार्यालयमा आक्रमण, आगजनी र हातहतियार लुटपाट गरेको आरोप लागेको छ। यसैबीच, रवि लामिछानेको रिहाइ राजनीतिक स्वार्थसहित गरिएको आरोप सर्वसाधारणले लगाएका छन्। रविनिकट केही नेताहरूले लामिछानेलाई तुरुन्तै प्रधानमन्त्री बनाउने तयारी रहेको दाबीसमेत गरेका छन्।

यता, प्रहरी संगठनभित्र भने रिहाइ प्रकरणबारे गम्भीर असन्तोष व्यक्त गरिएको छ। उपत्यकामा कार्यरत प्रहरी कर्मचारीहरूले उच्चस्तरीय जाँचबुझ आयोगलाई बुझाएको निवेदनमा ‘आदेश नदिएको भए प्रहरी कार्यालय, हातहतियार र थुनुवाको सुरक्षा सम्भव हुने थियो’ भन्दै एआईजी कार्कीमाथि अनुसन्धानको माग गरेका छन्।

नख्खु कारागारबाट लामिछानेलाई निकाल्ने क्रममा गृह सचिव दुवाडी, रास्वपाका कार्यवाहक अध्यक्ष डिपी अर्याल, प्रमुख सचिव एकनारायण अर्याल र लामिछानेकी पत्नी निकिता पौडेलबीच निरन्तर सम्पर्क भएको उजुरीमा उल्लेख छ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

Techie IT