Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्ररास्वपामा देखिए फुटका संकेत, रविलाई नै सभापति कायम राख्ने कि विकल्प खोज्ने भन्नेमा चर्को मतभेद

रास्वपामा देखिए फुटका संकेत, रविलाई नै सभापति कायम राख्ने कि विकल्प खोज्ने भन्नेमा चर्को मतभेद

रवि पक्षका नेतालाई डिफेन्स गर्नै सकस


काठमाडौ । कुनै बेला आमनेपालीको भरोसाको केन्द्र जस्तै बनेको रास्वपा अहिले नराम्ररी थलिएको छ । खासगरी जेन जी आन्दोलनका क्रममा पार्टी सभापति रवि लामिछानेले जेलब्रेक गरेसँगै रास्वपामा मतभेद बढेको हो ।

केही समय अघिदेखिनै सहकारी ठगीमा जेल परेका पार्टी सभापति रवि लामिछानेको विकल्प खोज्नुपर्ने विषयमा रास्वपाभित्र बहस चलेकै थियो । पार्टीभित्रको एउटा ठूलो पंक्तिले सभापतिको विकल्प खोज्नुपर्ने आवाज उठाए पनि रविको लोकप्रियताका अगाडि त्यो फिक्का भएको थियो । तर जब भदौ २४ गते जेलब्रेक गरेर रविलाई बाहिर निकालियो, तब रास्वपाको ओरालो यात्रा सुरु भयो ।

यो विषयले पार्टी भित्र र बाहिर नै ठूलो तरंग ल्याइदियो । रविको जेलब्रेकपछि थुप्रै रास्वपाका नेता तथा कार्यकर्ताले पार्टी छाडिसकेका छन् । यसै परिस्थितिबीच अहिले पनि रास्वपाभित्र सभापतिको रास्वपाको विकल्प खोज्ने कि नखोज्ने भन्नेमा चर्को मतभेद छ । यसअघि जे पनि कुरामा प्रतिक्रिया दिन हतार गर्ने रास्वपाका नेताहरु पनि अहिले मौन छन् ।

किनकि, पार्टीभित्र बढेको द्वन्द्वका कारण उनीहरुको मुखमा बुजो लागेको छ । रास्वपाभित्र बढेको अन्तरद्वन्द्वको परिणाम हो, बिहीबार सार्वजनिक भएको एउटा समाचार । रविको ठाउँमा कुलमानलाई ल्याउने भन्ने उक्त समाचार नियोजित भएको बुझ्न कठिन छैन । काठमाडौं महानगरका मेयर बालेन साहको समेत समर्थनमा कुलमानलाई रास्वपाको सभापति बनाउन लागिएको भनिएको उक्त समाचारको न्यारेसन रास्वपाकै एक तहका नेताहरुले तय गरेको बुझिएको छ ।

खासगरी रास्वपाको ‘एन्टी रवि’ समूहले रविलाई कमजोर पार्न उक्त न्यारेटिभ सेट गरेर मिडिया ट्रायल गरेको रास्वपाकै नेताहरुले बताउन थालेका छन् । स्रोतको हवला दिएको सार्वजकि गरिएको उक्त समाचारको विपक्षमा रास्वपाले आधिकारिक रुपमा त कुनै आपत्ति जनाएको छैन, तर रवि लामिछानेको अतिविश्वासिला पात्र भनेर चिनिएका दीपक बोहोराले उक्त समाचारको खण्डन गरेका छन् ।

त्यस्तै रविका अर्का निकटस्थ पात्र प्रमोद न्यौपानेले पनि उक्त समाचार भ्रामक भएको उल्लेख गरेका छन् । अझ प्रष्टसँग भन्ने हो भने, पार्टी उपसभापति डिपी अर्यालसहित केही नेताहरु रविलाई नै सभापति मानेर अघि बढ्नुपर्ने लाइनमा अडिग छन् भने स्वर्णिम वाग्लेसहितका नेताहरु रविको विकल्प खाज्नैपर्ने निष्कर्षमा पुगेका छन् । यसरी रविलाई सभापतिमा कायम राख्ने कि विकल्प खोज्ने भन्ने विषयले रास्वपा फुटको नजिक पुगेको हो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

Techie IT