Techie IT
Monday, July 27, 2026 | सोमबार, साउन ११, २०८३
२०८३ साउन ११, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रदेशमा झन बढ्यो अन्योल, चुनाव हुनेमा शंकैशंका

देशमा झन बढ्यो अन्योल, चुनाव हुनेमा शंकैशंका

सेनाको मुख ताक्दै एकाथरी, राजावादीहरु उत्साहित


काठमाडौं । जेन जी आतंकपछि सुशीला कार्की नेतृत्वमा चुनावी सरकार बन्नुलाई धेरैले ठूलो राजनीतिक उपलब्धीका रुपमा व्यख्या गरे । ओली, देउवा र प्रचण्डको घर जलाउनुलाई क्रान्ति भनियो । सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, अख्तियार र भाटभटेनी जस्ता भवन जल्नुलाई भ्रष्टाचारविरुद्धको विगुलका रुपमा चित्रण गरियो ।

तर, बिडम्बना १ चुनावी सरकार बनेपछि देशले जुन प्रकारको लय लिनुपर्ने थियो, लिन सकेन । उल्टै देश झन अन्योल र अनिश्चिततातिर मोडिएको छ । मुख्यकुरा त फागुन २१ मा चुनाव गर्नकै लागि यो सरकार बनाइएको हो । तर, अहिलेका हरेक गतिविधिबाट प्रष्ट हुन्छ कि, फागुन २.१ मा चुनाव हुन सम्भवै छैन ।

अस्ति राति प्रधानमन्त्री निवास बालुवाटारमा चारवटै सुरक्षा निकायका प्रमुखबीच भएको छलफलले यसलाई स्पष्ट बनाएको छ । मूलकुरा त, अहिलेको सरकारलाई प्रहरी प्रशासनले पत्याउनै सकेको छैन । प्रहरी प्रशासनले मात्रै होइन, कर्मचारीले पनि सरकारमाथि भरोसा गर्न सकेका छैनन् । सरकारमाथि सुदन गुरुङ हाबी भएसँगै प्रहरी प्रशासनको मनोबल नराम्ररी गिरेको छ ।

यतिसम्म कि, अचेल राति–राति बिटका प्रहरीलाई वृत्त र परिसरमा ल्याएर सुरक्षित राख्ने गरिएको छ । यससँगै विभिन्न जेन जी नामका समूहसँगै दुर्गा प्रसाई नेतृत्वको समूहले पनि आन्दोलनको घोषणा गरिरहेका छन् । र, अर्को कुरा– निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफलै अघि बढाएको छैन । आयोगले चुनाव गराए पनि कांग्रेस, एमाले जस्ता दलले चुनावमा भाग लिन्छन् कि लिँदैनन् भन्ने निश्चित छैन ।

कांग्रेस, एमालेले भाग नलिएको चुनावले वैधता पाउला कि नपाउला रु त्यस्तै संसद पुनःस्थापनाको माग गर्दै एमालेसँगै केही स्वतन्त्र कानूनकर्मी अदालत जाने निश्चित भएको छ । त्यसपछि संसद पुनःस्थापना भएमा के हुन्छ ? भन्ने प्रश्न पनि पेचिलो छ ।

यो त एक प्रकारको अनिश्चितता हो । यससँगै मुलुक असफलताको दिशातिर जाने र फेरि सेनाले नै मुलुक कब्जा गर्ने सम्भावनालाई पनि नकार्न सकिँदैन । यहीं तरलताको मौका छोपेर राजतन्त्र फर्काउने शक्ति पनि सल्बलाउन थालेका छन् ।

त्यस्तै अहिले देशका सबै सूचकहरु धराप छन् । यसअघि विश्व बैंकले ५.२ प्रतिशत आर्थिक वृद्धिदर प्रक्षेपण गरेकोमा जेन जी आन्दोलनपछि त्यसलाई घटाएर २.१ कायम गरिएको छ । सेयर मार्केछ रक्ताम्ये छ । विदेशीले भिसा दिन छाडिसके । कतिपय देशले त नेपालमा नजान निर्देश नै जारी गरिसके । नेपालमा कसैले पनि ठूलो लगानी गर्नसक्ने अवस्था छैन ।

भएकै लगानी पनि डुब्ने र लगानीकर्ताहरु पलायन हुनपर्ने स्थिति छ । तै पनि अझै केही मान्छेहरु देशमा ठूलै परिवर्तन र उपलब्धी भएको जसरी हर्षबढाइँ गरिरहेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सार्वजनिक जग्गा कब्जाको पर्दाफास गर्ने पत्रकार सुमन ढुंगाना विरुद्ध भूमाफियाको…

पोखरा । झन्डै १५० रोपनीभन्दा बढी सरकारी जग्गा कब्जा गरी पोखरा–३३ मा सञ्चालित ‘सेती रिभर साइड रिसोर्ट’ भनी समाचार प्रकाशन

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

Techie IT