Techie IT
Friday, June 12, 2026 | शुक्रबार, जेठ २९, २०८३
२०८३ जेठ २९, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रजेन -जी अलायन्सबाट अख्तियार प्रमुखको राजीनामा माग

जेन -जी अलायन्सबाट अख्तियार प्रमुखको राजीनामा माग


काठमाडौं  । जेन- जी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको राजीनामा माग गर्दै आयोगमा दबाब पत्र दर्ता गराएका छन् ।

जेन जीका १० भन्दा बढी समूहको जेन – जी मुभमेन्ट अलायन्सले मङ्गलबार संयुक्त रुपमा अख्तियार पुगेर राजीनामा दिनका लागि आग्रह गर्दै दबाब पत्र दर्ता गराएका हुन् । युवाहरूको दबाबपछि अख्तियारले उक्त पत्र दर्ता गरेको छ ।

अख्तियार प्रमुख आयुक्त राईका कार्यहरू राजनीतिक पक्षपाती रहेको र वाइडबडी घोटाला लगायत धेरै भ्रष्टाचारका मुद्दाहरूमा राईको नाम मुछिएकाले राजीनामा दिन आग्रह गरेको छ । राईलगायत अन्य सबै आयुक्तहरूको राजीनामा माग गर्दै अख्तियारमा निवेदन दर्ता गराएको छ ।

देशको भ्रष्टाचार नियन्त्रण गर्ने एकमात्र निकायमा हाल रहेका प्रमुख आयुक्त र आयुक्तबाट भ्रष्टाचारका साथै दण्डहीनताको अन्त्य हुने नदेखिएकाले राजीनामा माग्नुपरेको बताएकाछन् ।

युवाहरूले अख्तियारमा निष्पक्ष, स्वतन्त्र र सक्षम पदाधिकारीको नियुक्ति गर्ने र पदमुक्त भएका आयोगका पदाधिकारीलाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने जनाएका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

Techie IT