Techie IT
Monday, December 22, 2025 | सोमबार, पुस ७, २०८२
२०८२ पुस ७, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रविदेशमा रहेका नेपालीले पनि भोट हाल्न पाउने व्यवस्था गरिँदै, यस्तो छ विदेशतिरको अभ्यास

विदेशमा रहेका नेपालीले पनि भोट हाल्न पाउने व्यवस्था गरिँदै, यस्तो छ विदेशतिरको अभ्यास


काठमाडौं । फागुनमा हुने भनिएको संसदीय चुनावमा विदेशमा रहेका नेपालीलाई पनि भोट हाल्न दिने विषय अहिले चर्चामा छ । जसका लागि अहिलेको चुनावी सरकारले निर्वाचन आयोगलाई यसैअनुसार सुझाव पनि दिएको छ ।

नेपाल सरकारले प्रवासमा रहेका नेपालीले पनि चुनावमा भोट हाल्न पाउने व्यवस्था गर्ने प्रयास गरिरहँदा विदेशतिरको अभ्यास पनि बुझ्न आवश्यक हुन्छ । तथ्यांकअनुसार अहिले विश्वका करिब १ सय ४१ देशहरूले प्रवासमा रहेका आफ्ना नागरिकलाई विभिन्न शैली र तरिकामा मतदानको सुविधा दिने गरेका छन् । अमेरिकाले राष्ट्रपति अब्राहम लिंकनकै समय अर्थात् सन् १८६२ मै देशबाहिर रहेका नागरिकलाई भोट खसाल्न पाउने व्यवस्था गरेको थियो ।

यसपछि सन् १९१८ मा बेलायत र १९४२ मा क्यानडाले निश्चित समूहका आफ्ना नागरिकलाई विदेशबाटै मताधिकार दिन सुरु गरेका थिए । सन् १९५५ मा तत्कालीन पश्चिम जर्मनीले हुलाकमार्फत भोट खसाल्न पाउने व्यवस्था गरर्यो । त्यसलाई पछ्याउँदै अस्ट्रेलियाले १९६०, फ्रान्सले १९७५, इटाली, स्पेन र पोर्चुगलले १९८० देखि प्रवासमा रहेका आफ्ना नागरिकलाई मतदानको अवसर दिँदै आएका छन् ।

अहिलेसम्म दक्षिण कोरिया, फिलिपिन्स, मेक्सिको, भारत, न्युजिल्यान्डसँगै कैयौं देशले प्रवासमा बस्ने नागरिकलाई महत्त्वपूर्ण राजनीतिक अधिकार प्रयोगको व्यवस्था मिलाएका छन् । यद्यपि देशपिच्छे र कतिपय देशमा राज्यपिच्छे यो अधिकार उपभोगको सर्त र अवस्था फरक छन् । कुन राज्यमा कस्तो खालको मतदान सुविधा छ भन्ने कुरा फरक पर्ने भए पनि अमेरिकीहरूले निर्वाचनको दिन वा अगाडि नै आफैं उपस्थित भएर वा हुलाकमार्फत, अनलाइनबाट फरक क्षमता भएका व्यक्ति र प्रवासमा बस्नेहरूले पनि मतदान गर्न पाउने व्यवस्था छ ।

विदेशमा रहेका कूटनीतिक नियोगहरूले सोही देशमा रहेका आफ्ना नागरिकका लागि मत जम्मा गरेर अमेरिकासम्म पुर्याउने व्यवस्था गर्ने गरेका छन् । विभिन्न राज्यमा बसोबास गर्ने अमेरिकी सेना र विदेशस्थित कर्मचारीले पनि विभिन्न तरिका र तोकिएको अवधिभित्र राष्ट्रपतीय तथा अन्य निर्वाचनमा मतदान गर्न पाउँछन् ।

गत वर्षको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा झन्डै २९ लाख अमेरिकीले देशमा उपस्थित नभएरै मतदान गरेको संघीय मतदान सहायता कार्यक्रमको वेबसाइटमा छ । छमेकी भारतमा भने व्यवस्था अलिक फरक छ । भारतले विदेशमा रहने नागरिकलाई उतैबाट मत खसाल्ने अवसर दिएको त छैन तर गैरआवासीय भारतीयले आफू व्यक्तिगत रूपमा उपस्थित भएर भारतका निर्वाचनहरूमा मत खसाल्न पाउँछन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सुनचाँदीको मूल्यमा भारी वृद्धि एकैदीन ३४ सयले बढ्यो सुन

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा लगातार उतार चडाव आएको छ। हिजो आइतबार छापावाला सुन प्रतितोला २ लाख ५८ हजार

ओली भन्छन्– छिट्टै भ्याली बाहिर जाँदैछु, तर असंवैधानिक सरकारलाई सोध्दिनँ

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू जाँचबुझ आयोगमा बयान दिन नजाने बताएका छन्। यस टेलिभिजन कार्यक्रममा अन्तर्वार्ताको क्रममा ओलीले

मिराज ढुंगाना नेतृत्वको समूहले प्रधानमन्त्री कार्कीमाथि लगायो १७ वटा गम्भीर…

जेनजी प्रतिनिधि भनिने मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ–९ बाट राप्रपाकी केन्द्रीय सदस्य खुश्बु ओली…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य खुश्बु ओलीको नाम काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यका लागि

रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले बनायो १३ सदस्यीय सल्लाहकार परिषद्

काठमाडौं । रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले विवेकशीलका नेता मिलन पाण्डेदेखि डा। रामजी राम समेतलाई समेटेर सल्लाहकार परिषद् गठन

आज वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात

काठमाडौं । आज अर्थात् डिसेम्बर २१ मा उत्तरी गोलाद्र्धमा वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात पर्नेछ । यस

Techie IT