Techie IT
Tuesday, December 23, 2025 | मंगलबार, पुस ८, २०८२
२०८२ पुस ८, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रफागुन २१ मा चुनाव गर्न नसके पुरानै संसद ब्युँतिने सम्भावना प्रबल

फागुन २१ मा चुनाव गर्न नसके पुरानै संसद ब्युँतिने सम्भावना प्रबल

राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्कीलाई अपदस्त गर्दै नयाँ नियुक्ति दिनसक्ने


काठमाडौं । देशको अत्यन्त विषम परिस्थितिलाई मध्यनजर गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । र, प्रधानमन्त्री कार्कीको सिफारिसमा संसद विघटन गरेर फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचनको मिति तोकिएको छ ।

तर अहिले परिस्थिति हेर्दा फागुन २१ गते प्रतिनिधिसभाको चुनाव हुन निकै चुनौतीपूर्ण छ । पहिलो कुरा त सर्वोच्च अदालतमा रिट दर्ता खुल्नेवित्तिकै संसद विघटनविरुद्ध मुद्दा पर्ने निश्चित छ । मुद्दा पर्यो र संसद विघटन बदर भयो भने राजनीतिक कोर्ष नै मोडिन्छ ।

अर्थात् फागुन २१ गते अघि नै पुरानै संसद पुनःस्थापना भएर ठूलो दलको नेताको हिसाबमा शेरबहादुर देउवा प्रधानमन्त्री हुनसक्छन् । त्यस्तै, फागुन २१ मा निर्वाचन हुने भयो भने पनि ठूला तीन दलले बहिष्कार गरे भने पनि त्यसले वैधता नपाउन सक्छ । र, कथमकदाचित अनेक कारणले फागुन २१ मा अहिलेको सरकारले चुनाव गर्न सकेन भने पनि परानै संसद ब्युँतिने संभावना प्रबल छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गर्दा नै त्यो कुरालाई संकेत गरेका छन् । प्रधानमन्त्रीको नियुक्ति पत्र र संसद विघटनको विज्ञप्तिमा उल्लिखित भाषा हेर्दा सरकारको आयु ६ महिनामात्र भएको अनुमान गर्न कठिन छैन ।

भदौ २७ गते शुक्रबार राष्ट्रपति कार्यालयको तर्फबाट उपसचिव रूपेश थापा मगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले ६ महिनाभित्र प्रतिनिधिसभाको अर्को निर्वाचन गर्नेगरी श्री सुशीला कार्की, मोरङलाई नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ ।’ त्यस्तै राष्ट्रपति कार्यालयले २७ गते नै जारी गरेको अर्को पत्रमा प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको मिति तय घोषणा गरिएको छ । तर, यसमा ‘राति ११ बजेदेखि लागु हुनेगरी’ भन्दै समय नै तोकिएको छ ।

जबकि अहिलेसम्म यसरी समय नै तोकेर प्रतिनिधिसभा विघटन गर्ने अभ्यास थिएन । कार्यालयका तर्फबाट उपसचिव थापा मगरले नै जारी गरेको पत्रमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री सुशीला कार्कीज्यूको सिफारिसबमोजिम मिति २०८२ साल भदौ २७ गते शुक्रबार रातको ११ः०० बजेदेखि लागु हुनेगरी वर्तमान प्रतिनिधिसभाको विघठन गर्नुभएको छ ।’ सोही पत्रमा २०८२ फागुन २१ गते बिहिबारका दिन नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्नेगरी राष्ट्रपतिले मिति तोकेको उल्लेख छ ।

त्यसैले यसबाट प्रष्ट हुन्छ कि, कुनै पनि कारण फागुन २१ गते चुनाव हुन सकेन भने यो सकारको पनि म्याद सकिन्छ र पुरानौ प्रतिनिधिसभा पुनःस्थापित हुन्छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सुनचाँदीको मूल्यमा भारी वृद्धि एकैदीन ३४ सयले बढ्यो सुन

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा लगातार उतार चडाव आएको छ। हिजो आइतबार छापावाला सुन प्रतितोला २ लाख ५८ हजार

ओली भन्छन्– छिट्टै भ्याली बाहिर जाँदैछु, तर असंवैधानिक सरकारलाई सोध्दिनँ

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू जाँचबुझ आयोगमा बयान दिन नजाने बताएका छन्। यस टेलिभिजन कार्यक्रममा अन्तर्वार्ताको क्रममा ओलीले

मिराज ढुंगाना नेतृत्वको समूहले प्रधानमन्त्री कार्कीमाथि लगायो १७ वटा गम्भीर…

जेनजी प्रतिनिधि भनिने मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ–९ बाट राप्रपाकी केन्द्रीय सदस्य खुश्बु ओली…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य खुश्बु ओलीको नाम काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यका लागि

रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले बनायो १३ सदस्यीय सल्लाहकार परिषद्

काठमाडौं । रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले विवेकशीलका नेता मिलन पाण्डेदेखि डा। रामजी राम समेतलाई समेटेर सल्लाहकार परिषद् गठन

आज वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात

काठमाडौं । आज अर्थात् डिसेम्बर २१ मा उत्तरी गोलाद्र्धमा वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात पर्नेछ । यस

Techie IT