गृहपृष्ठ ∕ मुख्यपत्र ∕ रास्वपाका नेता हरी ढकालले पार्टी बैठकमै मागे माफी रास्वपाका नेता हरी ढकालले पार्टी बैठकमै मागे माफी स्वर्णपत्र बुधबार, २०८२ असोज १ गते, १५:५३ मा प्रकाशित मुख्यपत्र काठमाडौं । रास्वपाका केन्द्रीय सदस्य हरि ढकालले सुमना श्रेष्ठलाई लक्षित गर्दै दिएको अभिव्यक्ति फिर्ता लिएका छन् । हिजो बसेको केन्द्रीय समितिको भर्चुअल बैठकमा उनले गलत अभिव्यक्ति दिएको स्वीकार्दै आत्मालोचना गरेका हुन् । रास्वपाको केही दिनअघि बसेको भर्चुअल बैठकमा सुमना श्रेष्ठ, हरि ढकाल र गणेश कार्कीबीच चर्काचर्की भएको थियो । सभापति रवि लामिछाने कारागारबाट निस्किएको विषयमा सुमनाले प्रश्न उठाउँदा ढकाल उनीमाथि खनिएका थिए । त्यस क्रममा ढकालले सुमनालाई लक्षित गर्दै ‘बाघको छालामा स्यालको रजाईं’ उखान हालेका थिए । सभापतिकोविरुद्धमा लाग्नेहरु पार्टी छोडेर गए हुने अभिव्यक्तिसमेत उनले दिएका थिए । नभन्दै सुमनाले तीन दिनअघि पार्टी परित्याग गरेपछि केही नेताहरु ढकालप्रति असन्तुष्ट छन् । #हरी ढकाल तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार अध्यदेशमार्फत प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको चुनाव गराइने सम्भावना बढ्यो जेन जी आन्दोलनपछि देशको राजनीतिकले एकैचोटि ३६० डिग्री उल्टो मोड लिएको छ । राजीतिक दल नेतृत्वको सरकार ढलेर नागरिक सरकार जताततै देखिन थाल्यो जेन–जी आन्दोलनको साइड इफेक्ट संयुक्त अरब इमिरेट्स यूएईले नेपाली नागरिकका लागि वर्किङ भिसा बन्द गरेको छ । सोमबारबाट नेपालीका लागि भिजिट भिसा बन्द गरेको फेरि सुरु भयो काठमाडौं महानगरका प्रमुख प्रशासकीय हटाउने खेल, मेयर… काठमाडौं । काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हटाउनका लागि फेरि खेल सुरु भएको छ । बुझिएअनुसार मेयर बालेन्द्र २१ न्यायाधीशका लागि खुल्यो विज्ञापन, ३० दिनभित्र आवेदन दिन आग्रह काठमाडौं । न्याय सेवा आयोगले रिक्त २१ जिल्ला न्यायाधीशका लागि विज्ञापन खुल्ला गरेको छ । आयोगको ३१ भदौको बैठकले सूचना स्वास्थ्यमन्त्री बन्न निकोलस भुसालको लबिङ, सञ्चारमन्त्रीमा राजिव खत्रीदेखि दीलभूषण पाठकसम्मको… काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री बन्न चाहनेहरुको सूची दिन दुगुणा, रात चौगुणाको दरले बढिरहेको छ । यसबीच जेन जी आन्दोलनमा सरकारी तर्फबाट चरम दमन भएको भन्दै बागमतीका… काठमाडौं । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले राजीनामा दिएका छन् । जेनजी आन्दोलन चर्किँदै जाँदा उनले भदौ २४ गते नै लोकप्रिय १ अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिन तयार छु: कुलमान घिसिङ २ एमालेमा फर्किएर राजनीति गर्न विद्या भण्डारीलाई चुनौती नै चुनौती ३ जेन जीको प्रदर्शन उग्र भएपछि बानेश्वर क्षेत्रमा कर्फ्यू ४ मनग्ये नाफा कमाउन पाउनुपर्ने भन्दै निजी विद्यालय सञ्चालक सडकमा ५ बालकृष्ण खाण र टोपबहादुर रायमाझी जोडिएको नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ सुरु ६ जेन- जी आन्दोलन: मृतकको संख्या १४ पुग्यो, घाइतेको तथ्यांकै छैन ७ विवादै विवादको घेरामा प्रस्तावित प्रधानमन्त्री शुशीला कार्की ८ अमेरिकाबाट फेरि डिपोर्ट भए ३७ नेपाली, फर्केनेमा तल्लो बाटोबाट गएकाहरु धेरै