Techie IT
Wednesday, November 5, 2025 | बुधबार, कात्तिक १९, २०८२
२०८२ कात्तिक १९, बुधबार
swarnapatra logo
गृहपृष्ठविशेषपत्रजेन–जी आन्दोलनको ब्याकफायरले रास्वपा घाइते, स्वर्णिम वाग्ले–मनिष झा र शिशिर खनाल सकसमा

जेन–जी आन्दोलनको ब्याकफायरले रास्वपा घाइते, स्वर्णिम वाग्ले–मनिष झा र शिशिर खनाल सकसमा

सन्तोष परियार र सोविता गौतम गम्भीर विमर्षमा


काठमाडौं । जेन जी आन्दोलनलाई उत्कर्षमा पुर्याउन रास्वपाका नेता कार्यकर्ताले खेलेको भूमिका महत्वपूर्ण छ । तर त्यहीं आन्दोलन रास्वपाका लागि ब्याकफायर भइदियो । खासगरी पार्टी सभापति रवि लामिछानेलाई जेलमुक्त गराउनुलाई रास्वपाका नेता कार्यकर्ताले ठूलो उपलब्धी मानेको थियो ।

हुन पनि जनताले कसैलाई जेलबाट मुक्त गराउने कुरा चानचुने थिएन । तर, त्यहीं कुराले रास्वपालाई गम्भीर धक्का लाग्यो । रविले जेलमुक्त भएर रुफटप गाडीमा हुँइकिएको दृश्यले धेरैको ध्यान मात्रै खिचेन, रास्वपाभित्र लफडा पनि सिर्जना गर्यो ।

त्यसरी भीडको बलमा जेलबाट भाग्न हुन्थ्यो कि हुँदैनथ्यो भन्ने विषयको विवादकै कारण रास्वपाकी नेतृ सुमना श्रेष्ठले पार्टी नै छाडिन् । जुन रास्वपाका लागि गम्भीर धक्का हो । त्यससँगै लामिछानेले जेलमुक्त हुन बनाएको कागज नै नक्कली भएको विषयले त रास्वपा र रविलाई हेर्ने नागरिकको दृष्ट्रिकोणनै बदलियो ।

हिजो रविको हाइ हाइ गर्नेहरुले नै चोकचोकमा कैदी फरार भएको सूचना टाँस्न थाले । अझ जेन जी भनिने युवाहरुले त रविको जुलमुक्तिलाई निकै नमीठो ढंगमा टिप्पणी गरे । जब रविको जेलमुक्तिसँगै देशभरका जेलबाट कैदीहरुले जेल तोडे, तब त्यसको सम्पूर्ण अपजशको भारी बोक्न रावि लामिछाने अभिषप्त हुनपर्यो । यस्तै परिस्थितिबीच रास्वपाभित्र संसद विघटनको विषयमा पनि प्रष्ट दुई धार देखियो ।

नेत्रृद्वय सोविता गौतम र तोषिमा कार्कीबीच त संसद विघटनको विषयमा टक्करै पर्यो । कानूनकी विद्यार्थीसमेत रहेकी सविताले संसद विघटन गलत भनिरँदा तोषिमाले अपरिहार्य भनेर भिडिओ बनाइन् । यसले प्रष्ट संकेत गर्छ कि रास्वपाभित्र प्रष्ट दुई धार छ । खासमा महत्वपूर्ण मुद्दामा रास्वपाको कुनै आधिकारिक र ठोस धारणा नै हुँदैन ।

यसअघि लिपुलेक र कालापानी नेपालको भन्नसमेत खुट्टा कमाएको रास्वपाले अहिले संसद विघटनको मामलामा पनि आधिकारिक धारणा सार्वजनिक गरेको छ । यी सबै कारणले अहिले रास्वपाभित्र तनाव बढेको छ । राविले गरेका गल्तीको ढाकछोपमै अधिक समय विताउन परेपछि उपसभापति स्वर्णिम वाग्लेसँगै नेताहरु मनिष झा र शिशिर खनाल पनि सकसमा परेको बुझिएको छ ।

त्यसैले त यस्तो विषम परिस्थितिमा उनीहरु केही नबोली बस्न बाध्य छन् । त्यस्तै सन्तोष परियार र सोविता गौतम पनि अहिले गम्भीर समीक्षामा रहेको बताइएको छ । यससँगै गशेण कार्कीको नेतृत्वमा थुप्रै केन्द्रीय सदस्यहरु पनि पार्टी विद्रोहको मुडमा पुगेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

चन्द्र भण्डारीको प्रश्नः एमालेले मंसिरमै महाधिवेशन गर्न सक्ने तर कांग्रेसले…

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सत्ता साझेदार एमाले मंसिरमा महाधिवेशन गर्ने तयारी जुटिसकेकाले कांग्रेस चुप लागेर बस्न नहुने

तीन महिनामा सशस्त्र र नेपाल प्रहरीका एक हजारले दिए राजीनामा,…

काठमाडौं । पछिल्लो समय सुरक्षा सेवाप्रति नागरिकको आकर्षण बढ्दो छ । तथ्यांकअनुसार पछिल्लो तीन महिनामा मात्रै नेपाल प्रहरी र सशस्त्र

काठमाडौँ विश्वको चौथो वायु प्रदूषित सहर, पहिलो नम्बरमा पाकिस्तानको लाहोर

काठमाडौँ । काठमाडौँ विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बुधबार

१० खर्ब अपचलनका अभियुक्त दीपक भट्टलाई सरकारकै संरक्षण

काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टले १० खर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेको भन्दै परेको उजुरीमाथिको छानबिन गर्न वर्तमान सरकारका

नवनियुक्त खेलकुदमन्त्री बब्लु पनि अमेरिकन युथ काउन्सिलकको सदस्य भएको खुल्यो,…

काठमाडौं । नवनियुक्त खेलकुदमन्त्री बब्लु गुप्ता पनि अमेरिकन युथ काउन्सिलको सदस्य भएको खुलेको छ । यसअघि मन्त्री भएकाहरु पनि काउन्सिलकै

जेन जी आन्दोलनमा भारतीयदेखि क्यानाडियनसम्मको घुसपैठ भएको प्रमाण बाहिरियो

काठमाडौं । काठमाडौंमा भएका जेन–जी प्रदर्शनमा विदेशी नागरिकता र राहदानीको आडमा सक्रिय समूहको संलग्नता खुल्न थालेको छ । क्यानाडाको नागरिकता

Techie IT