Techie IT
Wednesday, November 5, 2025 | बुधबार, कात्तिक १९, २०८२
२०८२ कात्तिक १९, बुधबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रजेन–जी आन्दोलनका क्रममा लगिएका मालसामान फिर्ता गर्न संसद सचिवालयको आग्रह

जेन–जी आन्दोलनका क्रममा लगिएका मालसामान फिर्ता गर्न संसद सचिवालयको आग्रह


काठमाडौं । संघीय संसद् सचिवालयले जेन–जी आन्दोलनका क्रममा भदौ २४ गतेको प्रदर्शनका क्रममा लगिएका मालसामान फिर्ता गर्न आग्रह गरेको छ ।सचिवालयले सोमबार सूचना जारी गरेर प्रदर्शनका क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद् भवन आगजनीका क्रममा लगिएका मालसामान फिर्ता गर्न आग्रह गरेको हो ।
‘मालसामानहरू कुनै पनि अवस्थामा आफूसँग रहेको भएमा फिर्ता गरिदिनुहुन एवम् ती मालसामन रहेको स्थान तथा व्यक्तिको वतन जानकारी भएमा संघीय संसद सचिवालयमा सूचना दिनुहुन अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ ।

संसद् सचिवालयले मालसामानहरू लगेको भिडिओ भएमा उपलब्ध गराई सहयोग गरिदिन पनि आह्वान गरेको छ । भिडिओ–सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने सूचनामा उल्लेख छ ।

भवन परिसरमा भएको आगजनी, तोडफोड एवम् लुटपाटका घटनापश्चात् गरिएको स्थलगत अनुगमन, निरीक्षण तथा विभिन्न माध्यमबाट प्राप्त जानकारीअनुसार संघीय संसद सचिवालयको स्वामित्वमा रहेका टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेरा, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिन, विद्युतीय उपकरणलगायतका मालसामानहरू अनधिकृत व्यक्तिले लगेको सूचनामा उल्लेख छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

देउवाले सिंगापुरबाटै दिए कडा निर्देशन– विशेष महाधिवेशन नगर्नू, गर्नै परे…

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापनका नेताहरूलाई विशेष महाधिवेशन नगर्न निर्देशन दिएका छन् । विशेष महाधिवेशन माग गर्दै

अष्ट्रेलियाका पत्रकार विकास पौडेल ‘उदास’बाट मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग

चितवन । अष्ट्रेलियामा रहेर नेपाली समुदायका समाचार र सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका पत्रकार विकास पौडेल ‘उदास’ले चितवनको भरतपुर–११, गणेशस्थानस्थित

सामाजिक सञ्जालमा सोविता गौतमसँग तुलना हुनथाल्यो ज्योति मगरको, गौतमको भन्दा…

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा गायिका ज्योति मगरको चर्चा व्यापक छ । खासगरी राजनीतिक विषयमा दिएका सुझबुझपूर्ण तर्कका कारण

थापाथलीमा चल्यो बालेनको डोजर, राम मन्दिर परिसर मिचेर बनाइएका घरटहरा…

काठमाडौं । काठमाडौं महानगरपालिकाको डोजरले थापाथलीस्थित राम मन्दिर क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका घरटहरा भत्काएको छ । शुक्रबार दिउँसो महानगरकोक

सुनकोशी गाउँपालिकाले दिएको मिनीटेलर दुरुपयोग भएको शंका

सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा कृषकहरूलाई उत्पादन वृद्धिका उद्देश्यले वितरण गरेको मिनीटिलर (साना ट्र्याक्टर) सम्बन्धी महत्त्वपूर्ण सूचना

विद्रोहको औचित्य थिएन भन्नु केपी ओलीको सामु आत्मसमर्पण गर्नु जस्तै…

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँग एकताको कुरा गर्ने नेताहरूलाई पार्टी छोडेर जान चुनौती दिएका छन् ।

Techie IT