Techie IT
Thursday, December 18, 2025 | बिहीबार, पुस ३, २०८२
२०८२ पुस ३, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रपूर्वमन्त्री शेरबहादुर तामाङले भने- जेनजीको आन्दोलनको निष्पक्ष छानबिन र संवादमार्फत राजनीतिक निकास खोज्नुपर्छ

पूर्वमन्त्री शेरबहादुर तामाङले भने- जेनजीको आन्दोलनको निष्पक्ष छानबिन र संवादमार्फत राजनीतिक निकास खोज्नुपर्छ


काठमाडौं । पूर्वमन्त्री तथा संविधानसभा सदस्य शेरबहादुर तामाङले हालै देशभर भएको जेन जी आन्दोलनका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गरेका छन् ।

भाद्र २३ गते माईतीघरमा भ्रष्टाचार नियन्त्रण र वाक स्वतन्त्रता सम्बन्धी माग राख्दै भएको आन्दोलनमा १९ जना युवाको मृत्यु र सयौं घाइते भएकामा शोक व्यक्त गर्दै उनले शहिदप्रति श्रद्धाञ्जली अर्पण र पीडित परिवारप्रति संवेदना प्रकट गरेका छन् ।

आन्दोलनपछि भाद्र २४ गते देशभर देखिएका आगजनी, तोडफोड, लुटपाट, सार्वजनिक तथा निजी सम्पत्तिको विनाश, कैदीबन्दी भाग्ने, सरकारी अभिलेख नष्ट हुने जस्ता घटनाले राष्ट्रलाई दशकौँ पछाडि धकेलेको भन्दै उनले यस्तो विध्वंसकारी गतिविधि कसरी र किन भयो भन्नेबारे सत्य तथ्य छानबिन हुनुपर्ने बताएका हुन् ।

तामाङले भ्रष्टाचार विरोधी अभियानमा आफू पूर्णरूपमा साथमा रहेको उल्लेख गर्दै न्यायालय, अख्तियार, विशेष अदालत जस्ता संवैधानिक निकायका अभिलेख जलाउनु आपत्तिजनक भएको टिप्पणी पनि गरे ।

२०७५ सालमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहँदा आफूले सम्पत्ति विवरण सार्वजनिक गर्ने, कमिशनसम्बन्धी कानुन र सार्वजनिक खरिद ऐन संशोधनमार्फत भ्रष्टाचार नियन्त्रण गर्ने प्रयास गर्दा षड्यन्त्रमा फसाइएको स्मरण गर्दै उनले फेरि पनि इमानदार प्रयासलाई जनसमर्थन आवश्यक भएको बताए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा पुगेका छन् । ओली बिहिबार तेस्रो कार्यकालका लागि निर्वाचित

बुधबार ५ अंकले बढ्यो नेप्से

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ । ४ अर्ब ५ करोड ३७ लाख २० हजार

ह्वीलचियरमै बसेर दीपाले गरिन बन्जी जम्प

काठमाडौं । नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाले ह्वीलचियरसहित बन्जी जम्प गरेकी छन् । आफ्नो जन्मदिनको अवसर पारेर सिन्धुलीको कमलामाई नगरपालिका–४

प्यानलगत उम्मेदवारहरूको नामावली फेरबदल गरी प्रचार गरेको आरोपमा एक जना…

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी छ । मतदानको क्रममा एक व्यक्ति मतदान केन्द्र परिसरबाट

जेनजीहरुको बुद्धि पलाउनै बाँकी छः चिरिबाबु महर्जन

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जेनजीहरुले आफ्नो स्वर परिवर्तन गरिरहेको भन्दै आपत्ति जनाएका छन् ।

अब देशमा निर्वाचन बाहेक अरु कुनै विकल्प नभएको प्रधानमन्त्री कार्कीको…

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानसम्मत सुरक्षित तवरले अघि बढाउन निर्वाचनमात्रै विकल्प रहेको बताएकी छन् । एक कार्यक्रममा उनले

Techie IT