Techie IT
Friday, June 12, 2026 | बिहीबार, जेठ २८, २०८३
२०८३ जेठ २८, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रवार्ताको लागि जेनजीले अघि सारे ६ बुँदे माग, यी हुन् वार्तामा बस्ने १० जना जेन जी

वार्ताको लागि जेनजीले अघि सारे ६ बुँदे माग, यी हुन् वार्तामा बस्ने १० जना जेन जी


काठमाडौं । जेनजीले वार्ता गर्न ६ बुँदे माग अघि सारेको छ । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली सेनाले वार्तामा आह्वान गरेपछि जेनजीले ६ बुँदे माग अघि सारेका हुन् । जसअनुसार तत्कालै गर्नुपर्ने भनेर शर्तको रुपमा विगत तीन दशकमा लुटिएको सम्पति छानबिन गरी अवैध सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने माग राखिएको छ ।

यस्तै शिक्षा, स्वास्थ्य, न्याय, सुरक्षा र सञ्चारजस्ता पाँचवटा मूलभूत संस्थाको संरचनागत सुधार र पुनगठन गर्नुपर्ने माग अघि सारिएको छ । यसैगरी उनीहरुले वर्तमान राजनीतिक शून्यता र अस्थिरतालाई व्यवस्थापन गर्न जेनजी पुस्ताको नेतृत्वमा अन्तरिम सरकार गठन गर्नुपर्ने, सम्पूर्ण हिंसात्मक गतिविधि रोक्ने, नागरिक सुरक्षाका ग्यारेन्टी गर्ने र राष्ट्रिय एकताको वातावरण सिर्जना गर्ने कार्य अन्तरिम सरकारको पहिलो प्राथमिकता हुने मागको रुपमा अघि सारिएको छ ।

त्यस्तै जेन जीले वार्ताका लागि १० जना प्रतिनिधिलाई तयार गरेको छ । बुझिएअनुसार युजन राजभण्डारी, प्रदीप ज्ञवाली, रक्ष बम, रिजन रानामगर, अनुषा खनाल, निरज गौतम, सुश्मिता क्षेत्री, आकृति घिमिरे, सुयशा शाक्य र मोनिषा चौधरीलाई जेन जीले वार्ताका लागि प्रतिनिधि बनाएको हो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

Techie IT