Techie IT
Sunday, June 7, 2026 | आईतबार, जेठ २४, २०८३
२०८३ जेठ २४, आईतबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रस्थानीय तहको घरदैलोमा सेवा, सहरसम्म सुविधा

स्थानीय तहको घरदैलोमा सेवा, सहरसम्म सुविधा


चौतारा । संघीयताको मूल मन्त्र ‘गाउँगाउँमा सिंहदरबार’ अहिले यथार्थमा रूपान्तरित हुँदै गएको छ । देशले संघीयता अपनाएको आठ वर्षपछि स्थानीय सरकारहरूले सेवा प्रवाहको दायरा राजधानीसम्म विस्तार गर्दै जनप्रतिनिधिले संघीयताको आत्मा अझ जीवन्त बनाएका छन् ।

सिन्धुपाल्चोकका विभिन्न स्थानीय तहले नागरिकलाई सेवा नागरिकको नजिकै पुर्याउने प्रयास स्वरूप राजधानीसम्म सेवा शिविर सञ्चालन गरेका छन् । बलेफी गाउँपालिका वडा नं. ६ ले नागरिकको घरदैलोमै पुगी पाँचदिने शिविरमार्फत ८२४ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गर्यो ।

बिहीबारसम्म सञ्चालन गरिएको शिविरबाट नागरिकको घरदैमा सेवा पुर्याइएको र बाँकी रहेका परिचयपत्र दशैँपछि वितरण गरिने वडाध्यक्ष तेजबहादुर पराजुलीले जानकारी दिए  । अध्यक्ष पराजुलीका अनुसार परिचयपत्र लिन सदरमुकामसम्म पुग्नुपर्ने बाध्यतालाई चिर्दै नागरिकको घरदैलोमा उपलब्ध गराइएको हो ।

बलेफी गाउँपालिका वडा नं ७ र ८ ले वडा कार्यालयबाट परिचयपत्र उपलत्तध गराइएको वडा नं ८ का अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. २, १० र १४ को संयुक्त आयोजनामा काठमाडौंका कोटेश्वर, सरस्वतीनगर र मुलपानी क्षेत्रमा सामाजिक सुरक्षा भत्ता नवीकरणलगायतका सेवा प्रवाह गर्न चारदिने शिविर सञ्चालन गरियो ।

नागरिकता सिफारिस, जन्म, मृत्यु, विवाह दर्ता, नाता प्रमाणिकरण, ज्येष्ठ नागरिक परिचयपत्र वितरण जस्ता सेवा प्रदान गरिएको थियो । चौतारा साँगाचोकगढी नगरपालिका वडा नंम्वर – १४का वडाअध्यक्ष उद्धव नेपालका अनुसार, राजधानीमा रहेका अशक्त, वृद्धवृद्धा र विभिन्न पेशामा संलग्न नागरिकलाई लक्षित गर्दै यो पहल गरिएको हो । ‘सरकार हाम्रो नजिकै छ’ भन्ने अनुभूति दिलाउने यस्ता कार्यक्रमले संघीयता प्रतिको जनविश्वास अझ बलियो बनाएको छ ।

सुनकोशी गाउँपालिका–५ का अध्यक्ष जालबहादुर लामा ‘वडा कार्यालय झोलामा बोकेर’ नै राजधानी पुगे । वर्षायाममा वृद्धवृद्धालाई गाउँ पुग्न असहज हुने र सन्तानहरू राजधानीमै भएको अवस्थालाई ध्यानमा राख्दै उनले राजधानीमै सेवा दिने निर्णय गरिएको अध्यक्ष लामाले जानकारी दिए । ‘वडावासीको आग्रहपछि हामी आफैँ सेवा लिएर राजधानी आएका हौं,’  उनले भने ।

सुनकोशी गाउँपालिका–७ ले पनि काठमाडौं उपत्यकाकै भक्तपुरमा शिविर सञ्चालन गरेर एक सयभन्दा बढी नागरिकलाई सेवा दिएको छ । वडा अध्यक्ष ईश्वर तिमल्सिनाका अनुसार, आगामी दिनमा अझ व्यवस्थित ढंगले नागरिकको नजिक पुगेर सेवा प्रवाह गरिनेछ । संघीयताको सार सेवा पहुँचमा निहित छ । अब सेवा लिन गाउँ फर्कनुपर्ने र सेवा केन्द्र धाउनुपर्ने बाध्यता हट्दैछ । जहाँ नागरिक छन्, त्यहीँ सेवा दिन स्थानीय तहले थालेको यो प्रयास अनुकरणीय मात्र होइन, संघीय शासन व्यवस्थाको उत्कृष्ट अभ्यास पनि हो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

चाँगुनारायणको सोमलिंगेश्वर महादेव मन्दिर पुनर्निर्माण सम्पन्न, हनुमानको मूर्ति स्थापना

भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको चाँगुनारायण मन्दिर परिसरमा रहेको श्री सोमलिंगेश्वर महादेव मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ ।

दुवै मिर्गौला फेल भएपछि तिमल्सिना तनावमा, उपचार खर्चका लागि याचना

काठमाडौं । सिन्धुपाल्चोकको सुशनकोशी गाउँपालिका– ७ कापिङका रामशरण तिमल्सिना लामो समयदेखि दुवै मिर्गौला फेल भएर निरन्तर उपचारमा छन् । तर

अचाक्ली बढ्यो महंगी, फेरि गाडीभाडा बढाउने तयारी

काठमाडौं । पछिल्लो समय अस्वभाविक रुपमा महंगी बढेको छ । इन्धनको मूल्य बढेसँगै बजारमा हरेक सामानको मूल्य अस्वभाविक बढेको हो

विद्युतीय सवारी रूपान्तरणतर्फ नेपालस् अवसर, चुनौती र अपेक्षा

काठमाडौं । नेपाल सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारी साधनलाई विद्युतीयमा रूपान्तरण गर्ने नीति अघि सारेसँगै देशमा ऊर्जा, वातावरण

मेलबर्नमा शब्द, स्वर र संवेदनाको संगम — ‘क्यानभास १ :…

मेलबर्न । मेलबर्नको शान्त साँझ, द सोभेरियन रिसेप्सनको हलमा झुल्किएको मधुर प्रकाश, अनि बिस्तारै भरिँदै गएको नेपाली मनहरूको भीड—त्यही परिवेशमा

Techie IT