Techie IT
Monday, July 27, 2026 | सोमबार, साउन ११, २०८३
२०८३ साउन ११, सोमबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रतीन हप्तापछि आंशिक रूपमा खुल्यो तातोपानी नाका

तीन हप्तापछि आंशिक रूपमा खुल्यो तातोपानी नाका


चौतारा । नेपाल–चीनबीचको प्रमुख व्यापारीक नाका तातोपानी आंशिक रुपमा सञ्चालनमा आएको छ । ३ हप्तादेखि पहिरोका कारण अवरुद्ध रहेको कोदारी सडक खण्ड बिहीबारदेखि आंशिक रूपमा सञ्चालनमा आएको हो ।

अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका वडा नंम्वर –२ स्थित इको पहिरो क्षेत्रमा साउन १७ गते राति खसेको भीषण पहिरोले सडक भासिएको थियो । पहिरोको कारण नेपाल–चीनबीचको प्रमुख व्यापारीक नाका तातोपानी ठप्प भएको थियो ।

वर्षायामको कारण निरन्तर पहिरो झर्ने इको क्षेत्र सडक अवरुद्ध हुने उच्च जोखिममा रहँदै आएको छ । पहिरो पन्छाउन सडक डिभिजन कार्यालय चरिकोट, भोटेकोसी गाउँपालिका, तथा नाका सम्बन्धित व्यवसायीहरूले निरन्तर प्रयास गर्दै आएका थिए ।

सडक अवरुद्ध हुँदा दशैं, तिहार, छठजस्ता चाडपर्वलाई लक्षित गरेर चीनतर्फ रोकिएका सामग्रीहरू नेपाल भित्र्याउन नसक्दा व्यवसायीहरू चिन्तित बनेका थिए । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार व्यवसायीहरुले ३ हप्तादेखि सडक बन्द हुँदा ठूलो आर्थिक घाटा व्यहोर्नुपर्यो । केही सामग्री त भरियाले वोकेर पहिरो पार गरेर ल्याउनुपर्यो । अहिले सडक खुलेको छ, तर पानी परेपछि फेरि पहिरो जाने डर कायमै छ ।

बिहीबार मात्रै अड्किएका ३० वटा सामग्री बोकेको कन्टेनर भन्सार यार्डमा पुगेका तातोपानी भन्सार कार्यालयले जनाएको छ ।  नेपालतर्फबाट हालसम्म ६ वटा खाली कन्टेनर चीन पठाइसकिएको र बेलुकासम्म १५–२० वटा थप कन्टेनर मितेरी पुलको छेउमा पठाइने व्यवसायी विजय शेर्पाले जानकारी दिए । हाल नेपाल छिरेका कन्टेनर संख्या ४५ रहेको छ भने चिनियाँ भूभागतर्फ न्यालम, ढिङ्ग्रे, खासा र जाङ्बु पोर्टमा करिब ५ सय कन्टेनर रोकिएका छन् ।

सडकको अवस्था सामान्य रहेमा ती कन्टेनर दुई दिनभित्र नेपाल भित्रिने अपेक्षा व्यवसायीहरुले गरेका छन् ।  चिनियाँ पक्षले जाँचपास प्रक्रियामा समय लिने भएकाले ढिलाइ हुन सक्ने व्यवसायीहरू बताउँछन् । सरकारी निकाय, निजी क्षेत्र र नाका सम्बन्धित व्यवसायीहरूको सहकार्यमा पहिरो पन्छाएर अस्थायी रूपमा संचालनमा ल्याइएको कोदारी सडक खण्डको दीर्घकालीन समाधानका लागि थप पहल आवश्यक देखिएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

Techie IT