Techie IT
Thursday, August 21, 2025 | बिहीबार, भदौ ५, २०८२
२०८२ भदौ ५, बिहीबार
swarnapatra logo
गृहपृष्ठविशेषपत्रदुई हप्ता सम्म शान्त बसेका प्रसाई पुरानै बाटोमा फर्कदै, कस्तो रणनीतिसहित अघि बढ्लान त ?

दुई हप्ता सम्म शान्त बसेका प्रसाई पुरानै बाटोमा फर्कदै, कस्तो रणनीतिसहित अघि बढ्लान त ?


काठमाडौं । राप्रपा नेपाल लगायतका पार्टीहरू निस्क्रिय अवस्थामा रहँदा राजावादी आन्दोलनका ‘जनकमाण्डर’ भनिएका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईको सक्रियता शुरु भएको छ । तीनकुने प्रकरणमा झण्डै चार महिना हिरासत बसेर दुई साताअघि थुनामुक्त भएका उनले आज दिउँसो भक्तपुरको निजी निवासमा पत्रकार सम्मेलन गरेर आगामी रणनीति सुनाउन लागेका हुन् ।

प्रसाईंले सञ्चारकर्मीलाई निमन्त्रणा गर्दै एलईडी स्क्रिनबाट आफ्नो भावी योजना देखाउने बताएका छन् । चैत १५ को हिंसात्मक प्रदर्शनपछि भागेर भारत पुगेका र २८ गते उतैबाट पक्राउ गरी नेपाल ल्याइएका प्रसाईंविरुद्ध पाँचवटा कसूरमा मुद्दा चलेको थियो ।

उनी साउन २० गते २८ लाख धरौटी बुझाएर रिहा भएका हुन् । हिरासतमा रहँदा पनि आफ्नो सचिवालयमार्फत् आफना धारणा सार्वजनिक गर्दै राज्यलाई चुनौती दिने प्रयास गरेका प्रसाईं थुनामुक्त भएपछि भने अहिलेसम्म शान्त देखिएका छन् ।

करिब दुई हप्ता सम्म चुपचाप बसेका उनी कस्तो रणनीतिसहित अघि बढ्न खोजेका हुन् त्यो भने हेर्न बाँकी छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

फेरि बल्झियो लिपुलेक विवाद, नेपाल र भारतको आ–आफ्नै अडान, चीन…

काठमाडौं । नेपाल, भारत र चीनको सीमा क्षेत्रमा पर्ने नेपालको लिपुलेक, लिम्पियाधुरा सीमा विवाद फेरि बल्झिएको छ । उक्त क्षेत्रमा

शिक्षा विधेयकका यी मुख्य पाँच प्रस्ताव फेर्न निजी विद्यालय सञ्चालकको…

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षासम्बन्धी विधेयक–२०८० लाई संशोधन नगरे कडा आन्दोलनमा जाने चेतावनी दिएका छन् । नेपाल प्राइभेट

बाह्रविसेका स्थानीयमा यसरी आयो ‘यू टर्न’, हिजो ‘गो ब्याक कालिका’…

काठमाडौं । कालिका इनर्जी प्रालिले बाह्रविसेमा बनाउन लागेको भोटेकोशी– ५ जलविद्युत आयोजनाप्रति केही समयअघिसम्म त्यहाँका केही स्थानीय एकदमै नकारात्मक थिए

थमन विकको हत्याका ‘फरार’ अभियुक्तलाई कांग्रेसले पार्टीमा भित्र्यायो, देउवाले गरे…

काठमाडौं । सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्याका अभियुक्त देवेन्द्र यादवलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसमा भित्र्याएका

आयो विष्णु माझीको तीज गीत ‘म त नराम्री’, धान्ला त…

काठमाडौं । चर्चित गायिका विष्णु माझीको बहुप्रतिक्षीत तिजगीत सार्वजनिक भएको छ । बुधबार बिहान सार्वजनिक भएको गीत ‘म त नराम्री’ले

फेरि नेकपा ब्युँताउने तयारीमा नेताहरु, प्रचण्ड र माधव नेपाल अध्यक्ष

काठमाडौं । नेपालका तीन कम्युनिस्ट दलहरु एकता गरी नेकपा बनाउने तयारी सुरु भएको छ । माओवादी केन्द्र, नेत्रविक्रम चन्द ‘विप्लव’

Techie IT