Techie IT
Tuesday, October 21, 2025 | सोमबार, कात्तिक ३, २०८२
२०८२ कात्तिक ३, सोमबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रसिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकामा अनियमिताताको पराकाष्ठा

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकामा अनियमिताताको पराकाष्ठा


काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकामा चरम आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बाह्रविसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेत, उपमेयर मञ्जु तामाङ र प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्मा, वडा नम्बर ४, ५ र ९ का वडाध्यक्ष शेखरबहादुर भण्डारी, श्याम लामा र कृष्णबहादुर रायविरुद्ध अख्तियारमा उजुरी परेको हो ।

सी–००९४३३ दर्ता नम्बर भएको मुद्दामा नगरपालिकाले मनलाग्दी ढंगमा करारमा कर्मचारी नियुक्ति गरेर अनिमितता गरेको उल्लेख छ । उजुरीअनुसार उपमेयर मञ्जु तामाङले आफ्ना श्रीमान कमल तामाङलाई स्वकीय सचिव, दाइ हिरा तामाङलाई ड्राइभर र दिदीलाई कार्यालय सहयोगीका रुपमा जागिर खुवाएकी छिन् ।

त्यस्तै, मेयर बस्नेतले शिक्षक तोयानाथ नेपाललाई प्रमुख सल्लाहकारसँगै कानूनी सल्लाहकारमा गगन ज्ञवाली र प्रमोदकुमार गिरीलाई नियमविपरीत नियुक्ति दिएका छन् । जसप्रति महालेखा परीक्षकको कार्यालयले आपत्ति जनाउँदै उक्त खर्चलाई बेरुजुमा राखेको छ । यससँगै त्यस क्षेत्रकै सम्मानीत शिक्षक नेपालले उक्त अवैध नियुक्ति किन लिए रु भन्ने प्रश्न पनि उठेको छ ।

यति मात्रै होइन, नगरपालिकाले ४७ जना कर्मचारीलाई अवैध ढंगले करारमा कर्मचारी राखेको उजुरीपत्रमा उल्लेख छ । त्यस्तै नगरपालिकाले कृषकलाई गोरु किन्न अनुदान दिने भन्दै करिब ७५ लाख रुपैयाँ अनिमितता गरेको बताइएको छ । एक हल गोरु किन्नका लागि प्रतिकिसान १० हजार रुपैयाँ दिने भनेर कार्यक्रम ल्याए पनि उक्त कार्यक्रम प्रभावकारी नभएको उजुरीमा उल्लेख छ ।

त्यस्तै नगरपालिकाले कुकुरका छाउरा किन्ने भन्दै १० लाख रुपैयाँ पेश्की लिएर काम नगरेको बताइएको छ । त्यस्तै उजुरीपत्रमा दमकल किन्न भनेर छुट्याइएको ५० लाख रुपैयाँ चर्चलगायतका संरचना निर्माणका नाममा खर्च गरिएको, भ्रमण खर्चको नाममा ३२ लाख र अतिथि सत्कारका नाममा ८१ लाख रुपैयाँ नष्ट गरिएको, टेण्डर गर्नुपर्ने कामलाई उपभोक्ता समिति बनाएर करिब एक करोड १५ लाख रुपैयाँ हिनामिना गरेको, टेण्डर आह्वान गरी गर्नुपर्ने काम टुक्रे योजना बनाएर ८० लाख रुपैयँभन्दा बढी रकम अनियमितता गरेको उल्लेख छ ।

बाह्रविसे नगरपालिकामा मेयर बालकृष्ण बस्नेत नेपाली कांग्रेसका भ्रष्टाचार अभियुक्त नेता मोहन बस्नेतका भाइ पर्दछन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाको सचिवालयमा किन अटाइनन् तोसिमा, यस्तो छ मापदण्ड पुग्दा पनि…

काठमाडौं । मापदण्ड पूरा हुँदा पनि रास्वपाको केन्द्रीय नेतृत्वले नेतृ तोषिमा कार्कीलाई सचिवालय सदस्यमा मनोनित गरेन । विस्तार बैठक हुनुभन्दा

ओली, देउवा र प्रचण्डसँगै आरजु र दीपक खड्काको पनि सम्पत्ति…

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन पूर्वप्रधानमन्त्री र दुई पूर्वमन्त्रीका नाममा भएका चल–अचल सम्पत्तिको खोजबिन थालेको छ । सार्वजनिक ओहदा

काठमाडौं महानगरको कार्यपालिका बैठकमा मेयर बालेन र वडाध्यक्ष तण्डुकारबीच चर्को…

काठमाडौं महानगरपालिकाको ४३औँ नगर कार्यपालिका बैठकमा मेयर बालेन्द्र साह र वडा नम्बर ११ का अध्यक्ष तण्डुकारबीच कार्यालय भवन निर्माणका विषयमा

सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन आफूले सहमति नदिएको केपी शर्मा ओलीको…

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्न आफूले सहमति नदिएको प्रष्टीकरण दिएका

किसानलाई फोहोरको बिम्ब बनाएर कविता लेख्दा पनि बालेनकै हाइहाइ, आखिर…

काठमाडौं । किसानलाई फोहोरको बिम्ब बनाएर कविता जस्तो भावना सार्वजनिक गरेपछि काठमाडौं महानगरका मेयर मेयर बालेन साह विवादमा तानिएका छन्

जेन जी आन्दोलनमा टीओबीको टिसर्ट लगाएर पेस्तोल बोकेका तेन्जिङ दावामाथि…

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा फ्रि–तिब्बत समर्थक समूह ‘टीओबी’को टिसर्ट लगाएर पेस्तोल बोकेका युवा तेन्जिङ दावालाई प्रहरीले पक्राउ गरी अनुसन्धान

Techie IT