Techie IT
Tuesday, July 21, 2026 | मंगलबार, साउन ५, २०८३
२०८३ साउन ५, मंगलबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रसिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकामा अनियमिताताको पराकाष्ठा

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकामा अनियमिताताको पराकाष्ठा


काठमाडौं । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकामा चरम आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बाह्रविसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेत, उपमेयर मञ्जु तामाङ र प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्मा, वडा नम्बर ४, ५ र ९ का वडाध्यक्ष शेखरबहादुर भण्डारी, श्याम लामा र कृष्णबहादुर रायविरुद्ध अख्तियारमा उजुरी परेको हो ।

सी–००९४३३ दर्ता नम्बर भएको मुद्दामा नगरपालिकाले मनलाग्दी ढंगमा करारमा कर्मचारी नियुक्ति गरेर अनिमितता गरेको उल्लेख छ । उजुरीअनुसार उपमेयर मञ्जु तामाङले आफ्ना श्रीमान कमल तामाङलाई स्वकीय सचिव, दाइ हिरा तामाङलाई ड्राइभर र दिदीलाई कार्यालय सहयोगीका रुपमा जागिर खुवाएकी छिन् ।

त्यस्तै, मेयर बस्नेतले शिक्षक तोयानाथ नेपाललाई प्रमुख सल्लाहकारसँगै कानूनी सल्लाहकारमा गगन ज्ञवाली र प्रमोदकुमार गिरीलाई नियमविपरीत नियुक्ति दिएका छन् । जसप्रति महालेखा परीक्षकको कार्यालयले आपत्ति जनाउँदै उक्त खर्चलाई बेरुजुमा राखेको छ । यससँगै त्यस क्षेत्रकै सम्मानीत शिक्षक नेपालले उक्त अवैध नियुक्ति किन लिए रु भन्ने प्रश्न पनि उठेको छ ।

यति मात्रै होइन, नगरपालिकाले ४७ जना कर्मचारीलाई अवैध ढंगले करारमा कर्मचारी राखेको उजुरीपत्रमा उल्लेख छ । त्यस्तै नगरपालिकाले कृषकलाई गोरु किन्न अनुदान दिने भन्दै करिब ७५ लाख रुपैयाँ अनिमितता गरेको बताइएको छ । एक हल गोरु किन्नका लागि प्रतिकिसान १० हजार रुपैयाँ दिने भनेर कार्यक्रम ल्याए पनि उक्त कार्यक्रम प्रभावकारी नभएको उजुरीमा उल्लेख छ ।

त्यस्तै नगरपालिकाले कुकुरका छाउरा किन्ने भन्दै १० लाख रुपैयाँ पेश्की लिएर काम नगरेको बताइएको छ । त्यस्तै उजुरीपत्रमा दमकल किन्न भनेर छुट्याइएको ५० लाख रुपैयाँ चर्चलगायतका संरचना निर्माणका नाममा खर्च गरिएको, भ्रमण खर्चको नाममा ३२ लाख र अतिथि सत्कारका नाममा ८१ लाख रुपैयाँ नष्ट गरिएको, टेण्डर गर्नुपर्ने कामलाई उपभोक्ता समिति बनाएर करिब एक करोड १५ लाख रुपैयाँ हिनामिना गरेको, टेण्डर आह्वान गरी गर्नुपर्ने काम टुक्रे योजना बनाएर ८० लाख रुपैयँभन्दा बढी रकम अनियमितता गरेको उल्लेख छ ।

बाह्रविसे नगरपालिकामा मेयर बालकृष्ण बस्नेत नेपाली कांग्रेसका भ्रष्टाचार अभियुक्त नेता मोहन बस्नेतका भाइ पर्दछन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

बलेफी गाउँपालिका र केएमसी अस्पतालबीच विशेष सम्झौता, ५० प्रतिशतसम्म छुट

काठमाडौं । अब सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका नागरिकले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

भिरबाट टेम्पो लडाएको विषयले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । कैलालीमा वन कार्यालयका कर्मचारीहरुले गोदावरीमा टेम्पो भिरबाट खसालेको विषयले समाजिक सञ्जाल तातेको छ । कतिपयले सरकार नै गरिब

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

Techie IT