Techie IT
Thursday, June 11, 2026 | बुधबार, जेठ २७, २०८३
२०८३ जेठ २७, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रभारतको आडमा ओलीलाई रोक्ने ‘प्रचण्ड-प्रयास’ (भिडिओसहित)

भारतको आडमा ओलीलाई रोक्ने ‘प्रचण्ड-प्रयास’ (भिडिओसहित)

के भनेर फकाए रास्वपाका मन्त्रीहरुलाई ?


काठमाडौं । तेस्रो दल भएर पनि पहिलो र दोस्रो दललाई खेलाएर दुई वर्षदेखि सरकार चलाइरहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’मा बेचैनी बढेको छ ।

नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने सहमति भएसँगै प्रचण्डमा छटपटी र बेचैनी बढेको हो । प्रचण्डले पटक–पटक धोका दिएका दुई दल मिलेर सरकार बनाउँदा आफू रिङ बाहिर होइने भयले प्रचण्ड ग्रस्त छन् ।

९ वर्षदेखि सत्ताबाहिर बस्नु नपरेको माओवादीलाई एक्कासि सरकारबाट बाहिरिने र तत्काल सरकारमा जाने बाटो पनि नहुने कुराले चिडचिडाहट बढाउनु स्वभाविक हो । त्यसैले त सरकारलाई सत्ताघटक दलहरुले समर्थन फिर्ता लिएर सरकार अल्पमतमा पर्दासमेत संसदबाट विश्वासको मत लिने रटानमा छन्, प्रचण्ड ।

कांग्रेस–एमालेलगायत अन्य दलले राजीनामा दिएर नयाँ सरकार गठनका लागि बाटो खोलिदिन आग्रह गर्दासमेत प्रधानमन्त्री प्रचण्ड अटेरी भएर बस्नुका पछाडि धेरै कारण छन् । त्यसमध्येको एक हो, कांग्रेस–एमालेबीच खेल्ने र केपी शर्मा ओलीलाई प्रधानमन्त्री हुन नदिने ।

प्रचण्डको यो लाइनमा दक्षिणी मुलुक भारतको समेत इन्ट्रेस्ट लुकेको छ । जसलाई कांग्रेस एमालेबीच सहमति भएपछि भारतीय सञ्चारमाध्यममा आएका हेडलाइनहरुले पनि पुष्टि गर्छ ।

विश्वासको मतका लागि छुट्याइएको एक महिनाभित्र अनेक खेल खेल्न सकिने प्रचण्डको बुझाइ छ । विगतमा पनि कांग्रेस र एमालेसँग खेलेर सत्ताको स्वाद चाख्न पल्केका प्रचण्ड अझै पनि कांग्रेस र एमालेबीच भएको सम्झौता भाँड्न सकिनेमा आशावादी छन् । र, उनले अझै खेल्ने ठाउँ बाँकी राख्नका लागि बिहीबार बिहान राजीनामा दिन बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरुलाई पनि फकाएर पठाए ।

प्रचण्डले यो बुझेका छन् कि, एमाले र कांग्रेसको गठबन्धन बन्नु भनेको आगामी चुनावमा पनि माओवादी पत्तासाफ हुनु हो । विगतमा पनि कहिले एमाले र कहिले कांग्रेसको भोटमा राइँदाइँ गरिरहेका प्रचण्डले भारतको आडमा ओलीलाई रोक्न खोज्नु स्वभाविक हो ।

खासमा कांग्रेस एमाले मिलनको एउटा गम्भीर अन्तर्य पनि यो हो कि, उनीहरु निर्वाचन प्रणाली परिवर्तन गरेरै भए पनि साना दलको आतंक रोक्न चाहन्छन् । मनलाग्दी दल गठन र समानुपातिकबाट एक, दुई सिट मात्रै जितेकाहरुका कारण झन् धेरै अस्थिरता बढेको उनीहरुको ठम्याइ छ । यदि प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद मात्रै हुने र सिंगल–सिंगल चुनाव लड्ने हो भने माओवादीको हविगत हरिबिजोग हुने निश्चित छ । त्यसैले पनि प्रचण्ड जसरी पनि कांग्रेस–एमालेको समझदारीलाई भाँड्न चाहन्छन् ।

प्रष्ट छ कि, ओली देउवासँग मिल्ने देखेपछि प्रचण्डले गठबन्धन जोगाउन अहिलेकै समीकरणबाट प्रधानमन्त्री बन्न प्रस्तावसमेत गरेका थिए, तर ओलीले आफू कांग्रेससँग मिल्ने सहमति भइसकेको बताएपछि प्रचण्ड थप रुष्ट छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

Techie IT